
काठमाडौं, १६ फागुन । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड एथ्लेटिको मड्रिडसँग पराजित भएको छ । हारसँगै रियल उपाधि होडबाट लगभग बाहिरिएको छ ।
शनिबार राति भएको मड्रिड डर्बी भिडन्तमा एथ्लेटिकोले रियललाई १–० गोलले पराजित गरेको हो । रियलको घरेलु मैदान सान्टिएगो बर्नाबाउमा भएको खेलमा एथ्लेटिको मड्रिड लागि ५३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले विजयी गोल गरेका थिए ।
हारसँगै रियल मड्रिड लिग लिडर बार्सिलोनाभन्दा ९ अंकले पछाडि परेको छ र बार्सिलोनाले एक खेल कम खेलेको छ । यदि उसले सेभिल्लासँगको खेल जित्ने हो भने रियल मड्रिड १२ अंकले पछि पर्नेछ र लिगमा दुबैले १२–१२ खेल मात्र खेल्न बाँकी रहनेछ ।
रोनाल्डो तनावमा
हारसँगै रियल मड्रिडका प्रमुख स्ट्राइकर क्रिस्टियानो रोनाल्डो तनावमा परेका छन् । आफ्नै घरेलु मैदानमा पराजित भएपछि रोनाल्डोले भने, ‘यदी सबै मेरै स्तरमा भएको भए हामी लिगको शीर्ष स्थानमा हुन्थ्यौं । खेलाडीको कमजोरीले हार्यौ ।’















प्रतिक्रिया