२९ आश्विन २०८३, बिहिबार

किन मारिन्छ एउटा जुझारु तन्नेरी कांग्रेस भित्र ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

– पुष्कर बास्तोला
– पुष्कर बास्तोला

एउटा कार्यक्रममा एकजना विश्लेषकले तथ्यांकसहित दाबी गरे कि नेपालका विभिन्न राजनीतिक आन्दोलनमा शाहीद हुनेमध्ये पन्चानब्बे प्रतिशत युवाहरु छन् । भनाइ साधारण भएपनि यसभित्र गहिरो अभिव्यक्ति दर्ज भएको छ । किन बीसदेखि तीस उमेर समूहका मान्छेलाई स्वतन्त्रता सर्वप्रिय छ ? किन यो देशमा १८ वर्षका गंगालाल श्रेष्ठहरू आफ्नी गर्भिणी पत्नीलाई घरमा छाडेर असनका चोकमा उभिएर प्रजातन्त्रको हुंकार गर्छन् ? किन तिनलाई मृत्युको ‘हलाहल विष’ निरंकुशताको ऐंठनमा फ्याकिँने उछ्छवास भन्दा कोमल र सहज स्वीकार्य हुन्छ ? यी प्रश्नहरु कुनै उत्तरको उत्तरका लागि गरिने तर्कभन्दा निक्कै सघन र गहिरा छन् ? यीनै प्रश्नको इमानदार उत्तरभित्र मात्र यो देशका युवाहरुको सपना प्रतिबिम्बित हुन्छ ?

रसियामा लेनिनको सालिक ढालिएपछि, बर्लिनका पर्खालहरु निमेषभरमै भत्किएपछि संसारमा लोकतन्त्रको कुनै प्रतिपक्षी बैचारिक धु्रबको अस्तित्व निर्णायक रुपमा हावी भएको छैन । कोठे बहसमा कम्युनिष्ट अधिनायकवादका रुमानी कथा कथ्नेहरुपनि लोकतन्त्रसंग पैंठजोरी खेल्ने हिम्मत नगरेर आज छद्म तर्क जन्माएरै भएपनि लोकतन्त्रको मुक्तिदायी झण्डामा आफ्नो राजनीतिको पिठो बिकाएकै छन् । नेपालको कुरा गर्ने हो भने तुलनात्मक रुपमा बहुआयामिक र प्रतिभाशाली नेता मदन भण्डारीले लोकतन्त्रसंग झुक्ने निर्णय गरेर बैचारिक रुपमा रुपान्तरित र गञ्जागोल नै भएपनि रुपमा फरक तर सारमा नेपाली कांग्रेस जस्तै पार्टीको निर्माण गरे ।

आज यो तथ्य नेपाली कांग्रेसका कुनै पनि कार्यकर्ताले दोहो-याएर पढ्दा तिनका मनमा जिर्ण कांग्रेसी नेताका असुहाउँदा तस्बिरहरु छरपस्ट हुँदा हुन् । ‘युवा नेता’ भनेर शुसील कोइरालालाई आमसञ्चारमा ब्यंग्य गर्दा तिनले विश्वास गर्लान् त्यही कांग्रेसका तेत्तिस बर्षीय युवा बिपी यो देशका प्रधानमन्त्री भएका थिए भनेर ?

आजपनि नेकपा एमाले माक्र्सवादभन्दा हजार पाइला पर लोकतन्त्रको कांग्रेस आवरणको नजिक आएर लम्पसार परेको छ । यसले पनि पुष्टी गर्छ आजको सर्वस्वीकार्य र निर्बिकल्प बैचारिक कित्ता नेपाली मौलिकतामा हुर्किएको प्रजातान्त्रिक या लोकतान्त्रिक ब्यवस्था नै हो । र अर्को अकाट्य सत्य नेपालमा लोकतन्त्रको खुलेआम पक्षपोषण गर्ने र आफुलाई सोहि पथमा उभ्याएको एकमात्र पार्टी नेपाली कांग्रेस हो । त्यसैले आजका यथार्थ चुनौतीहरुको समाधानपनि नेपाली कांग्रेसकै सैद्धान्तिक कलेवरमा मात्र सम्भव छ ।

यो आलेखको उद्धेश्य लोकतन्त्रका बहुआयामिक समस्यालाई उजागर गर्ने होइन । बरु नेपालको निर्बिकल्प लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस युवाहरुको स्पन्दन, तिनका परिवर्तनप्रतिका हुटहुटी र बदलिएका युवा प्राथमिकताका बारेमा जानकार छ भनेर खोज्ने प्रयास हो । जननायक बिपी कोइरालाको अतुल उचाइको तुलना आजसम्म पनि कुनै नेपाली राजनीतिक नेतासंग गर्न मिल्दैन । र तिनै कोइराला तेत्तिस बर्षको युवा उमेरमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । आज यो तथ्य नेपाली कांग्रेसका कुनै पनि कार्यकर्ताले दोहो-याएर पढ्दा तिनका मनमा जिर्ण कांग्रेसी नेताका असुहाउँदा तस्बिरहरु छरपस्ट हुँदा हुन् । ‘युवा नेता’ भनेर शुसील कोइरालालाई आमसञ्चारमा ब्यंग्य गर्दा तिनले विश्वास गर्लान् त्यही कांग्रेसका तेत्तिस बर्षीय युवा बिपी यो देशका प्रधानमन्त्री भएका थिए भनेर ? नेपाली कांग्रेसभित्र युवानेताको खोजी गर्नु आजको दिनमा भद्धा मजाक मात्र हो भन्ने हेक्का प्रत्येक तरुण कांग्रेसीहरु भित्र अमिट रुपमा गढिएको छ ।

किन मारिन्छ एउटा जुझारु तन्नेरीको युवा जाँगर कांग्रेस भित्र ?

यो प्रश्न गर्दा आजपनि मनमा बैसठ्ठी त्रिसठ्ठी बल्झिन्छ । जुनबेला नेपाली कांग्रेसका उपल्ला नेताहरु संवैधानिक राजतन्त्रभित्र नेपालको गतिरोध हल गर्ने सुत्र खोज्न गम्दैथिए, ठीक त्यहिबेला नेपालको इतिहाँसमा पहिलोपटक ने.बि. संघका युवाहरु काठमाडौंका गल्लीबाट गणतन्त्रको शंखनाद गर्दैैथिए । इतिहास तथ्यको संग्रह हो भने आज आएर नेपालमा पहिलो पल्ट गणतन्त्रको नारा उराल्ने संगठन नेबिसंघ थियो भन्न कुनै कञ्जुस्याँई गर्नुपर्दैन । र अर्को सत्य नेबिसंघले नै पहिलोपटक नेपाली कांग्रेसलाई गणतन्त्रको बाटो देखाएको हो । र तेश्रो सत्य नेबि संघ केवल युवाहरुको संगठन हो । त्यसैले इतिहासका कठिनतम मझधारहरुमा कांग्रेसका युवाहरुले सन्नाटा विरुद्ध गित गाएका हुन् । तर एउटा निर्मम बिडम्बना कांग्रेसका सत्तरी वर्षे तथाकथित युवानेताहरुका निम्ती कांग्रेसी तरुण तन्नेरी हरु केबल घोडा हुन्, तिनका अनुशासित भजनमण्डली हुन् ।

कांग्रेसी नेतृत्व पार्टीको चिहानमाथि उसले नाचेको नाङ्गो नाचको ताली पिटेर युवाहरुले स्वागत गरिदिए सर्वथा चम्किलो मुस्कानका साथ युवाहरुलाई अङ्कमाल गर्न तयार छ तर युवाहरुलाई पार्टीमा स्थापित गर्ने न उसको योजना छ, न उसको चाहना छ न त उसको कुनै इच्छाशक्ति नै छ । पटकपटक कांग्रेसका युवाहरुको आँखामा कपटको छारो हालेर नेतृत्वले हाम्रो बिवेकमाथि बलात्कार गरिरह्यो । बाहा्रैँ महाधिवेशनलाई कांग्रेसले ‘एकताको महाधिवेशन’ को रोइलो लायो । देशभरिका कांग्रेसी युवाहरुलाई गाउँ सहरका भित्ताभरी तथाकथित ‘एकताको महाधिवेशन’ का दुई शब्द पोत्न लगायो । उसले बाह्रौँ महाधिवेशनमा पटकपटक युवाहरुको पक्षमा भन्दै गोहिका आँशु समेत चुहाएकै हो । तर जसै महाधिवेशन सम्पन्न भयो कांग्रेसी बरिष्ठहरुका आँखामा गहिरो निद्राले बास ग-यो र फेरिपनि युवाहरुलाई रछ्यानमा मिल्कायो कांग्रेसले ।

युवालाई भरोसा नगर्ने कांग्रेस हुन सक्दैन भन्ने तथ्य अव कांग्रेस युवाहरुका मनमा गहिरो गरी गढिएको छ । त्यसैले नेपालको बृहत रुपान्तरण र संबृद्धिका लागी युवाहरुको नम्बर एक पार्टी बनाउनुपर्छ कांग्रेसलाई । आगामी महाधिवेशनमा कांग्रेसले युवालाई स्थान दिएको महसुस गराउन सक्नुपर्छ । केन्द्र र केन्द्रभन्दा तल्ला तहमा आउने कांग्रेसको युवा नेतृत्वले मात्र कांग्रेसको आगामी भाग्य र भविश्यको निर्धारण गर्न सक्छ ।

एउटा युवाको हैसियतले बिगतको असन्तुष्टि छताछुल्ल पोख्नुमात्र पंक्तिकारको दायित्व होइन । त्यसैले अब कांग्रेसका निति निर्धारकहरुले छातीमा हात राखेर भन्नुपर्छ–सिङ्गो कांग्रेसभित्र युवाको स्थान कहाँ छ ? देखाउन सक्नुपर्छ कांग्रेसले एउटा युवालाई कि नेपाली कांग्रेसको चारतारे झण्डा सुन्य आकासमा हल्लाउँदै गर्दा उसको राजनीतिक भविष्य कुन चाहिँ तारो भित्र पर्छ । विगतमा झैं उही कपटको खेती गरेर युवाहरुको पिठ्युँमा बेसरमा सवार हुने र अन्तिममा त्यही युवालाई लावारिस बनाउने कांग्रेसी रबैया बन्द हुनुपर्छ । र तेत्तिस बर्षमा प्रधानमन्त्री हुने बिपीका नयाँ संस्करणहरु आजपनि यो देशका क्याम्पस, फ्याक्ट्री, उद्योग, अफिस जताततै बग्रेल्ती भेटीन्छन् । अब कांग्रेसले एक्काइसौं सताब्दीका नव बिपीहरुलाई कुन स्थान दिने निक्र्योल गर्नुपर्छ । पार्टीको शुद्धिकरण आवश्यक छ भन्ने आजपनि कांग्रेसहरुलाई लाग्छ भने युवाहरुलाई गरिएको अवमुल्यन बन्द गर्नुपर्छ ।

आर्थिक सामाजिक क्रान्ति, सामाजिक न्याय, लोकतन्त्र, समाजवादलाई अझ सुदृढ र मजबुत बनाउने हो भने कांग्रेसले युवाको विश्वास आर्जन गर्नैपर्छ । युवालाई भरोसा नगर्ने कांग्रेस हुन सक्दैन भन्ने तथ्य अव कांग्रेस युवाहरुका मनमा गहिरो गरी गढिएको छ । त्यसैले नेपालको बृहत रुपान्तरण र संबृद्धिका लागी युवाहरुको नम्बर एक पार्टी बनाउनुपर्छ कांग्रेसलाई । आगामी महाधिवेशनमा कांग्रेसले युवालाई स्थान दिएको महसुस गराउन सक्नुपर्छ । केन्द्र र केन्द्रभन्दा तल्ला तहमा आउने कांग्रेसको युवा नेतृत्वले मात्र कांग्रेसको आगामी भाग्य र भविश्यको निर्धारण गर्न सक्छ । जयनेपाल ।

(बास्तोला आरआर क्याम्पसमा नेविसंघका उपसभापति हुन्)