७ कार्तिक २०८३, शनिबार

नाका फेरी बन्द हुन्छ कि भन्ने आशंकामा वीरगन्जका आयातकर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birjung-naka

काठमाडौं, १६ फागुन । नाकाबन्दी हटेको २३ दिन वितिसक्दा पनि वीरगन्ज भन्सार पूर्वावस्थामा फर्कन सकेको छैन ।

वीरगन्ज भन्सारलाई लिएर आयातकर्तालाई अझै पनि त्रास कायमै रहेकाले पूर्ववस्थामा नाका सञ्चालन हुन नसकेको  वीरगन्ज भन्सार प्रवक्ता सुशील शर्माले बताए ।

नाका फेरी बन्द हुन्छ कि भन्ने आशंकामा आयातकर्ता रहेको वीरगन्ज प्रवक्ता शर्माले बताए ।

राजश्व असुलीमा सर्वाधिक योगदान रहने सवारी साधनका आयातकर्ता अहिलेसम्म् यो नाकामा नफर्केको शर्माले बताए ।

‘यो नाकाबाट आयातहुने करिब ४० प्रतिशत सवारी साधान भैरहवाबाट भित्रन थालेका छन्, उनले भने, ‘बन्दमा भैरहवा गएका आयतकर्ता यता र्फकन चाहेका छैनन् ।’ कारोबार दैनिकमा समाचार छ ।