७ कार्तिक २०८३, शनिबार

यसरी पक्राउ परे युवती ओसार्ने ठूला दलाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Mahilaकाठमाडौं, १६ फागुन । दिल्ली विमानस्थल हुँदै श्रीलंकाको कोलम्बो ट्रान्जिट भएर मध्यपूर्वी तथा खाडी मुलुकमा नेपाली युवायुवती ओसार्ने गिरोहका मूख्य दुई एजेन्ट पक्राउ परेका छन् ।

मानव तस्करीमा संलग्न गिरोहबारे प्राप्त सूचनाका आधारमा शुक्रवार बसन्तकुञ्जस्थित एक अपार्टमेन्टबाट ती दुई एजेन्टका साथमा रहेका ११ युवतीको उद्धार गरिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

चेलीबेटी बेचबिखन रोकथाममा संलग्न संस्था शान्ति पुनःस्थापना गृहले पाएको सुराकी आधारमा गृहका अधिकारीहरु भारतीय प्रहरीसंगको अनुसन्धानमा जुटेका थिए ।

युवती ओसारपसारमा संलग्न आरोपित राजन अधिकारी र जीवन पुनलाई रोहिणीस्थित प्रहरी कार्यालयमा लगिएको छ ।