७ कार्तिक २०८३, शनिबार

किन झुन्डियो संसद सचिवालयमा बडेमानको ताला ? कर्मचारीको भागाभाग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsad Schibalayaकाठमाडौं, १६ फागुन । संसद सचिवालयको मूलगेटमा शनिबार ठूलो ताला झुन्ड्याइएको थियो । न कर्मचारीको आवतजावत, न त मर्यादापालको चहलपहल । सार्वजनिक विदाको दिन संसद सचिवालय नखुल्दा सिंहदरबार नै चकमन्न थियो ।

सभामुख ओनसरी घर्तीमगरले अबदेखि सार्वजनिक विदाको दिन सचिवालय नखोल्न निर्देशन दिएपछि शनिवार पहिलोपटक संसद सचिवालय बन्द गरिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘केही काम नभए पनि खानाभत्ताको लोभमा कर्मचारी सार्वजनिक बिदाको दिन आउने र सरकारी स्रोतको दुरुपयोग गर्न थालेपछि सभामुखले नखोल्न निर्देशन दिनु भएको हो’, सभामुख निकट स्रोतले भन्यो।

सार्वजनिक बिदाका दिन संसद सचिवालयका कर्मचारीले ७ सय रुपैयाँ खाजाभत्ता पाउँछन् ।