७ कार्तिक २०८३, शनिबार

माथिको आदेशभन्दै भारतले फेरि तेल र ग्यास दिन मानेन, हाहाकार हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IOC Indian Oil Corporatationकाठमाडौं, १६ फागुन । नाकाबन्दी खुलेपनि भारतबाट अझै सहजरुपमा इन्धन आपूर्ति हुन सकेको छैन । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सहजरुपमा इन्धन आपूर्ति हुन्छ भन्ने सरकारको विश्लेषण गलत साबित भएको छ ।

इन्धन आपूर्ति बढाउन इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग भरपर्दो वार्ता गर्न सरकार असफल भएकाले उपभोक्ता अहिले पनि इन्धनका लागि सास्ती बेहोर्न बाध्य छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

सरकारले अहिले पनि मागभन्दा ३५ प्रतिशत कममात्रै इन्धन भित्र्याउन सकेको छ ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले आईओसीले ‘माथिको आदेश’ अनाएको भन्दै आपूर्ति परिणाम बढाउन आनाकानी गरिरहेको बताए ।

निगमका अनुसार मुलुकभर दैनिक पेट्रोल ११ लाख लिटर र डिजेल २७ लाख लिटरको माग छ ।

सामान्य अवस्थामा यो मागको झन्डै ६६ प्रतिशत रक्सौल नाकाबाट आपूर्ति हुन्थ्यो ।