– सुमन घिमिरे
मोरङ, १५ फागुन । विराटनगरमा सञ्चालित विराट गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लवले जितेको छ ।
विराटनगरको सहिद रंगशालामा आज भएको फाइनल भिडन्तमा साविक विजेता झापा ११ लाई १–० गोलले हराउँदै पुलिसले विराट गोल्डकपको उपाधि जितेको हो । पुलिसले यसअघि महेन्द्र गोल्डकपको नाममा हुँदै आएको प्रतियोगितामा ३ वटा उपाधि जितेको हो भने विराट गोल्डकपको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता भने पहिलो पल्ट उचालेको हो ।
पुलिसलाई उपाधि दिलाउन ८७ औं मिनेटमा भरत शाहले गोल गरेका थिए । उपाधिसँगै पुलिस क्लवले ५ लाख १ हजार रुपैयाँ तथा उपविजेता झापा ११ ले ३ लाख १ हजार रुपैयाँ सहित ट्राफि हात पार्यो । प्रतियोगितामा पुलिसका सुमन सुवेदी म्यान अफ द सिरिज घोषित भएका थिए ।
उनले पुरस्कार स्वरुप मोटरसाईकल हात पारेका छन् । यस्तै हाई स्कोररको पुरस्कार झापाका कर्ण लिम्बु र बुद्ध चेम्जोङ भए भने आजको खेलको म्यान अफ द म्याच पुलिसका भोला सिलवाल भए ।
गत फागुन ६ गतेदेखी सुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी १० वटा टिमको सहभागिता रहेको थियो ।















प्रतिक्रिया