१ कार्तिक २०८३, आइतबार

सरकार अब आर्थिक एजेण्डामा केन्द्रीत हुन्छः अर्थमन्त्री पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bishnu pudel hotal (2) – विकाश पराजुली बुटवल, फागुन १५ । अर्थमन्त्री विष्णु पौडेलले अब सरकार आर्थिक एजेण्डामा केन्द्रीत हुने बताएका छन् । नेपालमा अब पछौटेपन, गरिव सहन सकिदैन, अब देशलाई विकास सँगै आर्थिक एजेण्डामा लैजानुपर्छ अर्थमन्त्री पौडेलले भने । उनले मुलुकलाई अब आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्ने समेत बताए । उनले अबको १० वर्षभित्रमा ठूला विकासका योजना अगाडि बढाएर नेपाललाई विकाशित राष्ट्रको रुपमा स्थापित गरिने बताए । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको १६ औं वार्षिकसाधारणसभा तथा ८ औं शनिबार बुटवलमा अधिवेशनको उद्घाटन मन्त्री पौडेलले सरकार नेपालका प्राकृतिक स्रोत साधनको उपयोग गरी मुलुकलाई समृद्धि गर्ने योजना बनाएको बताए । bishnu pudel hotal (3)मुुलुकमा राजनीतिक परिवर्तनको लागि धेरै लगाइ लडियो उनले भने, ‘अब मुलुकलाई आफ्नै सामाथ्र्यमाथि निर्भर भएर विकासको यात्रामा अगाडि बढाउछौं ।’ ‘अब मुलुकलाई गरिबी, पछौटेपन र दरिद्रता स्वीकार्य छैन’ मन्त्री पौडेलले भने । नेकपा एमालेका उप-महासचिव समेत रहेका मन्त्री पौडेलले अबको तीन वर्ष भित्र लुम्बिनीको विकास गरी यस क्षेत्रलाई पर्यटन विकासको केन्द्रको रुपमा अगाडि बढने दाबी गरे । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीको गुरुयोजना पूरा भएपछि यस क्षेत्र पर्यटनको प्रमुख केन्द्र बन्ने दाबी समेत मन्त्री पौडेलले गरे । पौडेलले नेपालको संविधान विश्वकै उत्कृष्ट बनेको दावी गरे ।

उनले भने, ‘विश्वका करिव २ सय मुलुकका संविधानसग नेपालको संविधान दाजेर हेर्नुस सबै भन्दा समावेशी छ ।’ विश्वकै राम्रो संविधान बनेकोले नेपालको नया संविधानका विषयमा विकशित राष्ट्रका वौद्धिक व्यक्तिहरुले यसको बारेमा सोध (पिएचड) गर्न लागेको जानकारी दिए । उनले भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रलाई ठूलो नोक्सानी पु¥याएको भन्दै अब होटल व्यवसायीले नेपाल सुरक्षित र पर्यटनको कन्द्र बनाउ अभियान थाल्नुपर्ने बताए । त्यसको लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने मन्त्री पौडेलको भनाइ थियो । पर्यटन प्रवद्र्धनसग जोडिएको होटल व्यवसायका समस्या समाधान गर्न आफू सहयोग गर्ने मन्त्री पौडेलले स्पष्ट पारे । होटल व्यवसायीलाई अगाडि बढाउन छुट्टै विधि/विधान बनाउन आवश्यक रहेको बताए ।