१ कार्तिक २०८३, आइतबार

अर्थमन्त्रीले गरे पैसाको खोलो बगाउने घोषणा ! तर, कसैलाई नछाड्ने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

06

– नरेश केसी
भैरहवा, १५ फागुन । अर्थमन्त्री विष्णु पौडेलले विकास निर्माणमा कुनै पनि बहानामा ढिलाई क्षम्य नहुने बताएका छन् ।

मन्त्री पौडेलले सिद्धार्थ उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारण सभालाई सम्बोधन वृहत लुम्बिनीको गुरुयोजना आगमी ६ महिना भित्र अद्यावधिक गरी के के थपघट गर्नुपर्छ त्यसको कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिईसकेको र आगामी २ वर्षभित्र लुम्बिनीको गुरुयोजना अनुसार काम पुरा हुने समेत बताए । मन्त्री पौडेलले भने– ‘पैसाको कुनै कमी हुदैंन । तर काममा ढिला सुस्ता क्षम्य पनि हुदैंन । जसले ढिला सुस्ती गर्छ त्यसलाई तत्काल कारबाहि हुन्छ ।’

sfnci

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माको सभापतित्वमा सम्पन्न उक्त सभामा सांसद आदित्य नारायण कसौधनले मुलुकको विकासकोलागी निजी क्षेत्रको भूमीका महत्वपुर्ण भएको जनाए । सांसद कसौधनले नेपालको नयां संविधानले आर्थिक समृद्धिको धेरै बाटो खोलीदिएको जनाउदैं अब मुलुक आर्थिक हिसाबले सम्पन्न हुने पनि दाबी गरे । अर्का सांसद इस्तीयाक अहमद खानले उद्योग वाणिज्य क्षेत्रको योगदान राष्ट्र निर्माण र विकासमा अतुलनीय भएको जनाए ।

सोही अवसरमा उद्योग वाणिज्य महासंघका अध्यष पशुपति मुरारकाले आर्थिक समृद्धि नभए सम्म मुलुकमा शान्ति स्थापीत नहुने हुदां राज्यले निजी क्षेत्रको संस्थागतमा विशेष ध्यान दिनुपर्ने बताए । संघका महासचिव भिस्म न्यौपानेको सर्वज्ञको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष जीवलाल अर्याल र महासचिव न्यौपानले आ आफ्नो प्रतिवेदन पेश गरेका थिए ।