
काठमाडौं १५ फागुन । धुमधामका साथ बुहारी भित्र्याउने चाहना पालेका बुुबाआमाका लागि छोराको दुःखद् निधनको खबर सहन कति कठिन हुन्छ भन्ने निष्ठुरी दैवलाई के थाहा ? कान्छा छोरा सन्तोष रानाको विवाह गरी बुहारी भित्र्याउने सपना पालको दलबहादुर रानाको परिवारमा शुक्रवार बज्रपात भयो ।
काष्ठमण्डप एयरका सहचालक सन्तोषको दुःखद निधनको खबरले काठमाडौ कममा रहेकी उनकी आमा मुर्छा परिन् । बुवा दलवहादुर भैरहवा एमालेको कार्यक्रममा थिए ।
२८ वर्षे सन्तोषका लागि घरमा बुहारीको खोजी गर्दै थिए बुबाआमा । सन्तोषले भने चालक भएपछि मात्र बिहे गर्ने अडान लिएका थिए । दैवको लीला, न सन्तोष अब चालक बन्नेछन् न त आमाबुबाको चाहना नै पूरा हुनेछ ।
सन्तोषले काष्ठमण्डप एयरमा गत वैशाखदेखि काम गरेका हुन् । उनले फिलिपिन्सबाट पाइल कोर्स गरेका थिए । सन्तोषले काष्ठमण्डप एयरमा गत बैशाखदेखि काम गरेका हुन । उनले फिलिपिन्सबाट पाइलट कोर्स गरेका थिए ।
पूर्वमन्त्री रानाका जेठा छोरा व्रिटिस लाहुरेमा कार्यरत छन् । अन्नपूर्ण पोष्टमा खबर छ ।















प्रतिक्रिया