२४ कार्तिक २०८३, मंगलबार

आफू मरेर यात्रुको ज्यान बचाउने दुबै पाइलटको शव काठमाडौं ल्याइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विमान उडाउने पाइलट
विमान उडाउने पाइलट

काठमाडौं, १५ फागुन । शुक्रबार कालिकोटमा भएको एयर काष्ठमण्डपको विमान दुर्घटनामा ज्यान गुमाएका विमानका दुबै पाइलटको शव काठमाडौं ल्याइएको छ ।

नेपालगञ्जबाट जुम्ला उडेको विमान शुक्रबार दिउँसो इन्जिनमा खराबी आई आकस्मिक अवतरण गर्ने क्रममा कालिकोट चिलखाया गाविस–२ मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पाइलट दिनेश न्यौपाने र को–पाईलट सन्तोष रानाको ज्यान गएको थियो । उनीहरुले आफू मरेर यात्रुको ज्यान बचाएका थिए । जहाजमा ११ जना सवार थिए ।

शुक्रबारै कोहलपुर लगिएको दुबैको शवलाई टिचिङ अस्पतालमा पोस्टमार्टम गर्नका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । पोस्टमार्टम पछि पाइलट दिनश न्यौपानेको शव दाहसंस्कारका लागि पुन कोहलपुर लगिने प्रहरीले जनाएको छ ।