२४ कार्तिक २०८३, मंगलबार

के भन्छन् कांग्रेसका युवा नेता ? धमाधम उम्मेदवारी घोषणा (नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशन नजिकिँदैछ । आजदेखि महाधिवेशन आउन पाँच दिन मात्रै बाँकी छ । महाविधेशन जतिजति नजिकिँदैछ, उतिउति उम्म्मेदवारीहरू घोषणा हुने क्रम बढ्दैछन् ।

यस पटकको कांग्रेसको महाधिवेशनमा युवा नेताहरूको उम्मेदवारीले अलि धेरै चर्चा पाएको छ । पुराना नेताहरूले पद ओगटेर बस्ने तथा गतिशील भएर काम गर्न नसकेको भन्दै दुई दर्जन बढी युवाहरूले केन्द्रीय सदस्य पदका लागि आ–आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । अधिकांश युवा नेताहरूले कांग्रेसलाई गतिशीलता दिनका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

गगन थापा, उम्मेदवार, महामन्त्री

GaGan-Thapaकांग्रेसले मात्रै यो मुलुकलाई विकास गर्न सक्छ । मुलुकलाई नयाँ दिशा दिन सक्छ । कांग्रेसको भविष्य जोगाउनका लागि पनि मेरो उम्मेदवारी हो । मैले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको छु । यो पदबाट पछि हट्ने कुरै हुँदैन । कसैले पनि कांग्रेसलाई कम्पनीका रुपमा अगाडि बढाउन मिल्दैन ।

राजु खनाल, उम्मेदवार, केन्द्रीय सदस्य, ५ नम्बर प्रदेश

Raju Khanalकांग्रेसले मुलुकलाई लामो समयदेखि नेतृत्व दिँदै आएको छ । कांग्रेसकै नेतृत्वमा मुलुकले नयाँ संविधान पाएको छ । हामी सबैको प्रयासले यो सम्भव भएको हो । अघिल्लो संविधान सभामा वामपन्थीको बहुमत हुँदाहुँदै पनि मुलुकले संविधान पाएन । तर जनताले दोस्रो संविधानसभाबाट
कांग्रेसलाई ठूलो पार्टी बनाएर संविधान बनाउ भनेर म्याण्डेट दिए । त्यस कारण अब हामी जस्ता युवाहरूले मुलुकलाई बाटो देखाउनु पर्छ । बाटो देखाउनका लागि नेतृत्वमा जानु आवश्यक छ । सोही कारण मुलुक, कांग्रेस र युवापंक्तिका लागि मेरो उम्मेदवारी हो । मैले ५ नम्बर प्रदेशबाट उम्मेदवारी दिने घोषणा गरेको छु ।

डा.रणबहादर रावल, उम्मेदवार, केन्द्रीय सदस्य, ७ नम्बर प्रदेश

Rana Bahadur Rawalमैले कांग्रेसलाई युग सहाउँदो पार्टीका रुपमा अगाडि बढाउन केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ । कांग्रेसलाई गतिशील बनाउन आवश्यक्ता छ । कांग्रेसमा इतिहास बेचेर खानेहरूको जमघटछ हुनु भएन । अहिले त्यही प्रवृत्ति हाबी भएको छ । राजनीति र विकासलाई जोडेर लैजान सक्ने डाइनामिक व्यक्तिहरूले जित्नु पर्छ । आन्तरिक प्रतिस्पर्धाका लागि पार्टीभित्र गुट हुनुपर्छ । यसले पार्टी बलियो बनाउछ । यसले पार्टीलाई घाटा होइन फाइदा पुग्छ ।

विश्वप्रकाश शर्मा, उम्मेदवार, केन्द्रीय सदस्य, खुलातर्फ

Bishwoprakash Sharmaमुलुक र जनताका लागि कांग्रेसले पटक पटक योगदान दिँदै आएको छ । यो मुलुकको सबैभन्दा पुरानो र ठूलो पार्टीलाई सहि दिशा दिने बेला आएको छ । सहि नेतृत्व नपाउँदा कांग्रेसले धेरै मुलुकलाई दिनुपर्ने योगदा सोँचेअनुसार दिन सकेको छैन । त्यसैले कांग्रेसलाई सहि नेतृत्व, मार्गदर्शन र युवा पंक्तिको आवाज बुलन्द बनाउन मेरो उम्मेदवारी हो । सबैले मलाई मौका दिनु हुनेछ ।

प्रदीपराज शर्मा, उम्मेदवार, केन्द्रीय सदस्य खुला

Pradeepraj Sharmaअब कांग्रेसलाई पुरानो पुस्ताले मात्रै चलाउन सक्दैन । गुटउपगुटले पनि कांग्रेस चल्न सक्दैन । कांग्रेसलाई चलाउनका लागि नयाँ जोस र जाँगर आवश्यक्ता छ । पुरानाको सम्मान गर्नु हाम्रो दायित्व हो । तर अब कांग्रेसलाई नयाँ पुस्ताले हाँक्नु पर्ने अवस्था आएको छ । यसलाई सबैले मनन गरेर जानुपर्छ । सोही कारण पनि मेरो उम्मेदवारी घोषणा भएको छ । म खुलामा उम्मेदवार बनेको छु ।

सीता गुरुङ, उम्मेवार, केन्द्रीय सदस्य, जनजाति महिलतर्फ

Sita Gurungनेपाली कांग्रेसले सधै मुलुक र जनताका लागि ठूला–ठूला आन्दोलनको नेतृत्व गर्नुका साथै महत्वपूर्ण योगदान दिँदै आएको छ । अहिले कांग्रेसकै नेतृत्वमा मुलुकले संविधान सभाबाट नयाँ संविधान पाएको छ । यो संविधानको कार्यान्वयन र महिलाहरूको हकहित तथा युवाहरूको प्रतिनिधित्वका लागि मेरो उम्मेदवारी हो । मैले जनजाति महिलातर्फबाट उम्मेदवारी दिँदैछु । यसअघि पनि मैले महिलाहरूका लागि थुप्रै काम गरेकी छु । संविधान निर्माणका बेला महिलाको समावेशिता र समानुपातिक प्रतिनिधित्वका साथै कांग्रेसभित्र महिलाको बोलवाला हुनुपर्ने विषयमा जोडदार रुपमा कुरा राख्दै आएको छु । राखेकी छु ।

कृष्णकिशोर घिमिरे, उम्मेदवार, केन्द्रीय सदस्य, ५ नम्बर प्रदेश

Krisnakishor Ghimire congress Nepaliमैले कांग्रेसलाई सुरूवाती दिनदेखि नै चस्तदुरुस्त बनाएर लैजानु पर्छ भनेर भन्दै आएको व्यक्ति हुँ । कांग्रेसलाई गुटउपगुटभन्दा पनि चलायमान बनाइ लैजानुपर्छ । अब कांग्रेस नै यो मुलुकको शक्ति हो । यो शक्तिलाई हामी जस्तो कार्यकर्ताको आवश्यक्ता छ । कांग्रेसलाई मेरोतर्फबाट के योगदान दिन सक्छु भनेर यस पटक केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको छु । ५ नम्बर प्रदेशमा मेरो उम्मेदवारी रहनेछ ।

दीपक गिरी, उम्मेदवार केन्द्रीय सदस्य

Deepak Giriकांग्रेसलाई सहि दिशा दिनका लागि मेरो उम्मेदवारी हो । युवापंक्तिले मात्रै कांग्रेसलाई सहि दशा दिन्छ । कांग्रेसको नेतृत्वमा संविधान बनेको छ । यसलाई कार्यान्वनय गर्न चुनौती छ । यो संविधान कार्यान्वयन र कांग्रेसलाई मजबुत बनाउने मेरो उम्मेदवारी हो ।

पार्वती डिसी चौधरी, उम्मेदवार, केन्द्रीय सदस्य
Pravati DC Chaudhari Dangमहिलाहरूको हकअधिकारका लागि म संविधानसभादेखि लड्दै आएकी छु । समावेशी र समानुपातिक प्रतिनिधित्वका लागि मेरो सधै संघर्ष रहेको छ । यहि विषयलाई अगाडि बढाउन पनि कांग्रेसमा जोडदार माग रहेको छ । मेरो उम्मेदवारी महिलाहरूकै विशेष अधिकारका लागि हो । मलाई सबैले सहयोग गर्नु हुनेछ ।

अनिता देवकोटा, उम्मेदवार, केन्द्रीय सदस्य

अनिता देवकोटा
अनिता देवकोटा

लामो समयदेखि कांग्रेसको राजनीति गर्दै आएको छु । जिल्लामा पनि धेरै वर्ष काम गरिएको छ । अब हामी जस्ता महिलालाई केन्द्रमा पनि स्थान दिनुपर्छ । महिलाका लागि धेरै संघर्ष गर्दै पनि आएकी छु । अब मेरो योगदान कांग्रेसको केन्द्रीय नेतृत्वमा रहनुपर्छ । सोहीअनुसार म अगाडि बढेकी छु । सधै हामी जिल्लामा मात्रै सीमित हुनु हुँदैन भनेर केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुँ ।

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेमा युवा नेता भूपेन्द्र जंग शाही, नयनसिंह महर, विष्णु धिताल, हरिप्रभाव खड्गी, महेन्द्र शर्मा, केशव सिंह, प्रदीप पौडेल, प्रतिमा गौतम, रीता खनाल, कल्याण गुरुङ, प्रकाश शर्मा पौडेल, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाइँ, अतहर कमाल मुसलमान, चन्द्र महर्जन, रामकृष्ण चित्रकार, उषा गुरुङ, महादेव गुरुङ, टेकराज पौडेल, गोविन्द भट्टराई, सिर्जना अधिकारी, जानुका घिमिरे, धना खतिवडा, रामहरि खतिवडा, डा.डीला संग्रौला, जितजंग बस्नेत, गोमा केसीलगायत झण्डै एक सय ५० युवा उम्मेदवार रहेका छन् ।