काठमाडौं, १५ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्था र आन्दोलनका विषयमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ ।
अहिले केही समय लगत्तै संघीय समाजवादी फोरम नेपालको तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आन्दोलनको समीक्षा हुनेछ । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार आजको बैठकले आन्दोलनको नयाँ कार्यक्रम दिनेछ ।
लामो समयसम्म बस्न नसकेको मधेसी मोर्चाको बैठक आज बस्न लागेको हो । बैठकले सरकारविरुद्धको आन्दोलनलाई यथावत राख्दै थप नयाँ कार्यक्रम दिनेछ ।
आन्तरिक विवादबाट गुज्रिएको मधेसी मोर्चाले सरकारले बनाएको सीमाङ्कन विवाद मिलउनेसम्बन्धी उच्चस्तरीय राजनीतिक समितिमा बस्न अस्वीकार गरिसकेको छ ।












प्रतिक्रिया