काठमाडौं । भारत कालिम्पोङका गायक विपुल क्षत्रीले यही फागुन २२ गते नेपाली स्रोतालाई आफ्ना लोकप्रिय गीतमार्फत मनोरञ्जन दिलाउने भएका छन् ।
नेपालमा समेत लोकप्रिय रहेका गायक काठमाडौंको दरबारमार्गस्थित भिक्ट्री लाउन्ज, क्लब एन्ड बारमा विशेष प्रस्तुति दिने भएका हुन् । उनलाई भिक्ट्रीमा फेम नेपालले प्रस्तुत गर्न लागेको भिक्ट्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फेम नेपालले ‘लाइभ म्युजिकल एरा २०१६’ शीर्षकमा गर्न लागेको कार्यक्रममा विपुलले करिब दुई घन्टा आफ्ना चर्चित गीत सुनाउनेछन् । लन्डनको ट्रिनिटी कलेजबाट क्लासिकल गितारमा स्नातक विपुलका ‘डढेलो’, ‘सिन्डीकेट’, ‘मन’, ‘राम साइँली’ जस्ता गीत चर्चित छन् ।
विपुलको ‘स्केचेज अफ दार्जिलिङ’ शीर्षकको एल्बम रिलिज भएको छ । कालिम्पोङस्थित वसन्त भ्याली स्कुलको कला विभाग प्रमुख समेत रहेका विपुलका गीतमा नेपाली लोकगीतमा पश्चिमी बाजाको फ्युजन सुन्न पाइन्छ ।
फेम नेपालले श्रोताको मागका कारण विपुललाई प्रस्तुत गर्न लागेको जनाएको छ । फेम नेपालले महिनैपिच्छे गर्न लागेको सांगीतिक कार्यक्रमको पहिलो संस्करणमा विपुललाई प्रस्तुत गर्न लागेको हो ।
हरेक अंग्रेजी महिनाको पहिलो शनिवार हुने कार्यक्रममा पालैपालो १९७४ एडी, सुगम पोखरेल, दीपक बज्राचार्य आदि गायक प्रस्तुत गर्ने आयोजकको लक्ष्य छ ।
बेलुकी ७ बजे सुरु हुने कार्यक्रममा सहभागिताका लागि इच्छुकले एक हजार र १५ सय रुपैयाँका टिकट लिनुपर्नेछ । कार्यक्रममा डिजे सेसनसँगै सहभागीले गिफ्ट पनि जित्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
हरेक दिन चर्चित ब्याण्डको लाइभ प्रस्तुति रहने भिक्ट्रीले विभिन्न अकेजनमा प्रख्यात गायक/गायिकाको प्रस्तुति राख्ने गरेको जानकारी सञ्चालक राम गिरीले दिए ।
गायक/गायिका फ्यानलाई आफ्नो प्रिय कलाकारसँग भेटघाटको अवसर उपलब्ध गराउने तथा गायक/गायिकलाई पनि स्रोतामाझ प्रस्तुति दिने अवसर उपलब्ध गराउने लाइभ परफरमेन्स आयोजना गर्ने गरिएको सञ्चालक गिरीले बताए ।
अत्याधुनिक सुविधा सहितको भिक्ट्र अन्तर्राष्ट्रिय स्तरको लाउन्ज रहेको दावी व्यवस्थापक छ । पायक पर्ने लोकेसन तथा सुरक्षित गन्तव्य भएकाले भिक्ट्रीमा आउने ग्राहकलाई कुनै गुनासो गर्नुपर्ने अवस्था नरहेको अर्की सञ्चालिका निरा श्रेष्ठले बताइन् ।
भिक्ट्री सञ्चालनमा आएको सात महिना भयो । यो अवधिमा भिक्ट्रीले एकसय पचास भन्दा बढी इभेन्ट आयोजना गरिसकेको छ । करिब दुई हजार भन्दा बढी व्यक्तिलाई भिक्ट्रीले सदस्यता वितरण गरेको छ । भिक्ट्रीका करिब ३० हजार सर्पोटर छन् ।















प्रतिक्रिया