७ कार्तिक २०८३, शनिबार

लोकसेवाको परीक्षा सदरमुकामै दिन पाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lok Sewa Aayogकाठमाडौं, १५ फागुन । लोकसेवा आयोगले पहिलोपटक विकट र दुर्गम जिल्लाको रुपमा रहेका डोल्पा र हुम्ला सदरमुकामबाटै परीक्षा दिन पाइने व्यवस्था गरेको छ ।

आयोगले दुर्गम र विकट स्थानमा आफ्नो सेवा विस्तार गर्ने योजनाअनुसार डोल्पा र हुम्लाबाट पनि परीक्षा दिन पाइने व्यवस्था मिलाएको जनाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

सो व्यवस्थाअनुसार आयोगले २२ फागुनदेखि हुन गइरहेको नायब सुब्बाको परीक्षा डोल्पा सदरमुकाम दुनै र हुम्ला सदरमुकाम सिमिकोटबाट लिन लागेको आयोगका सचिव श्रीधर सापकोटाले जानकारी दिए ।

विकट डोल्पा र हुम्लाबासी यसअघि लोकसेवा आयोगका सवै तहको परीक्षा दिन सुर्खेत वा नेपालगञ्जमध्ये एक ठाउँमा आउन बाध्य हुन्थे ।