काठमाडौँ, ८ साउन । विभिन्न माग राखी सिंहदरबार नजिकै धर्ना बसेका धर्नाकारीलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको छ ।
आव २०७१ / ०७२ को बजेटमा दलित समुदायको जातीय विभेद तथा छुवाछूतको मुद्दालाई सरकारले बेवास्ता गरेको भन्दै विरोधमा उत्रिएका दलित धर्नाकारीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
बिहान ९ देखि १० बजेसम्म सिंहदरबार दक्षिणढोका नजिकै धर्नामा बसिरहेको अवस्थामा उनीहरुलाई गिरफ्तार गरिएको हो ।
पक्राउ पर्नेमा राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव भुवन सुनार, पत्रकार रणबहादुर रम्तेल, दलित अधिकारकर्मी कमला हेमचुरीलगायत करिब १२ जना छन् । धर्नामा पुगेका पत्रकार राजकुमार दुलालले सरकारले दलित समुदायलाई विभेद गरी बजेट ल्याएको भन्दै गुनासो गर्नुभयो ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त वैद्यखानामा राखिएको छ ।
















प्रतिक्रिया