काठमाडौं । गायक जय देवकोटाले आफ्नो अर्को लोकदोहोरी गीत बजारमा ल्याएका छन् ।
आफ्नै स्वर र लयमा रहेको ‘सानोसानो कुरामा चित्त नदुखाउ…’ बोलको यो गीत उनले भरखरै रिलिज गरेका हुन् ।
परिवारमा हुने सानातिना समस्यामा हुने झै–झगडालाई यस गीतले उजागर पार्न प्रयास गरेको छ । गीतका शब्दले एउटा परिवारलाई खुसी बनाउन के–के गर्नुपर्छ भन्ने शिक्षा पनि दिएको गायक देवकोटाको भनाइ छ ।
पारिवारिक समस्यालाई ध्यानमा राखेर तयार पारिएको यो गीतको शब्द मुक्ति गौतमले लेखेका हुन् । गौतमको लेखनमा रहेको यो गीतले चर्चा पाउन थालेको गायक देवकोटाले बताए ।
‘रिसाएकी पत्नीलाई फकाउने उदेश्यले यो गीतका शब्द निर्माण गरिएको हो’, गौतमले भने, ‘पतिपत्नीबीच हुने झै–झगडा हुने दम्पत्तिका लागि गीत उपयुक्त छ ।’
गीत सामाजिक सञ्जाल यूट्युबमा पनि राम्रो चलेको छ । गीतले रेडियो र टिभीहरूमा पनि उत्तिकै स्थान पाएको देवकोटाको भनाइ छ । ‘गीतको लय, शब्द राम्रो बनेको छ’, गायक देवकोटाले भने, ‘अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको छु ।’
गीतमा देवकोटालाई गायिका मुना थापा मगरले साथ दिएकी छिन् । यस गीतको म्युजिक भिडियोमा सुधा देवकोटा र मुक्ति गौतमको अभियन छ । म्युजिक भिडियोको निर्देशन सुदीप कुँवरले गरेका हुन् भने एरेञ्ज सञ्जय श्रीपालको छ ।















प्रतिक्रिया