
पटना, १४ फागुन । कक्षा दसमा अध्ययनरत १५ वर्षीया बालिका बलात्कारको आरोपमा मुद्दा खेपीरहेका राष्ट्रिय जनता दलका सांसद एवम् पूर्वमन्त्री राजबल्लभ यादवलाई स्थानीय अदालतले ३० घण्टाभित्र हाजिर हुन आदेश दिएको छ ।
सो समयभित्र अदालतमा उपस्थित नभए सबै सम्पत्ति जफत गर्ने सूचना जारी गरेको समाचारमा उल्लेख छ ।
बलात्कार अभियोगमा बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएपछि सांसद यादव फरार छन् । उनी विहारमा लुकिछिपी हिँड्ने गरेका छन् ।
लालप्रसाद यादवकी पत्नी रावडी देवी यादव मुख्यमन्त्री भएका बेला राजबल्लभ यादव मन्त्री बनेका थिए ।
नयाँनयाँ युवतीसँग सेक्स राख्न मनपराउने सांसद यादवविरुद्ध यसअघि पनि सेक्स मामिलामा उजुरीहरू पर्दै आएका थिए ।
राजनीतिक दबाबमा सांसद यादव छुट्दै आएका थिए । यस पटक उनी छुट्ने सम्भावना अत्यन्तै कम रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
सांसद यादवले स्थानीय अदालतमा अग्रिम जमानतका लागि अपील गरेका थिए । शनिबार अदालतले उनको अपीललाई खारेज गरिदिएको छ ।
सांसद यादवले बिहारशरीफमा आफ्नै घरमा ९ फेब्रुअरीका दिन कक्षा दसमा अध्ययनरत १५ वर्षीया एक छात्रासँग बलात्कार गरेको आरोप छ ।
सांसद यादवलाई बलात्कारको आरोप लागेपछि उनको पार्टीले निलम्बन पनि गरेको छ । सांसद यादवलाई पक्राउ गर्नका लागि विभिन्न स्थानमा छापामार्दै आएको छ ।
बालिकालाई छिमेकी महिलाको बर्थडे पार्टीका नाममा सांसद यादवले आफ्नो घर पुगाएका थिए । यादवलाई सुलेखा देवी नाम गरेकी महिलाले ३० हजार रुपियाँ लिएर नाकाबलिकालाई पुगाएको समाचारमा उल्लेख छ ।
सुलेखा देवीसहित राधा देवी, कुमारी देवी, तुलसी देवी र मोती रामलाई पनि प्रहरीले पक्राउ गरेको छ । यी सबैलाई नबालिकालाई जबरजस्त बेश्या कार्यमा लगाएको अभियोग छ ।















प्रतिक्रिया