१ कार्तिक २०८३, आइतबार

बैंकको मुनाफा गरिब विद्यार्थीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suvas  jhapa btm (3)

– राजकुमार ओली
झापा, १४ फागुन । बैकले नाफा मात्रै कमाउने उद्देश्य राख्छन भन्ने भ्रम चिर्न झापाको एक बैंकले गरिब विद्यार्थीहरुलाई १० लाख रुपैयाको राहत वितरण गरेको छ ।

विर्तामोडस्थित एक्सल डेभलपमेन्ट बैकले ९बटा विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीको भविष्य उज्जल बनाउने लक्ष्यको साथ शैक्षिक सामाग्री तथा लत्ताकपडा वितरण गरेको हो ।

झापा लगायतका स्थानमा १३बटा शाखा सञ्चालन गर्दै आएको एक्सल डेभलपमेन्ट बैंकले झापाको बुधवारे ७ स्थित नवकिरण निमाविसहितको ९ वटा विद्यालयमा कपी, पेन्सिल, मोजा, जुत्ता, स्कुल व्याग, टाइसुट, टाउजर, लगायतका शैक्षिक सामाग्री सहित सामग्री वितरण गरेको बैंकका प्रबन्धक दिनेश कुमार पोखरेलले जानकारी दिनुभयो ।

आफनो कार्यक्षेत्र समेत झाप नै भएकोले पनि आफुले कमाएको केही हिस्सा झापामा नै खर्च गर्नै योजना अनूरुप आफुहरुले काम गरिरहेको प्रबन्धक पोखरेलले जानकारी दिए ।

झापाका दुवागढीको शान्ति प्रावी, गरामनी ९ को लक्ष्मीनारायण प्रावि, धाइजनको सरस्वती बाल कल्याण प्रावि लगायतका विद्यार्थीहरुलाइ राहत वितरण गरेको हो । बैकका सञ्चालक गणेश खनालको प्रमुख आथित्यतामा बुधवारेमा आज शुक्रवार यी सामाग्रीहरु वितरण गरिएको बैंकले जनाएको छ ।

गतवर्ष समेत भूकम्प प्रभावित १५ बटा विद्यालयलाई छनौट गरि ७ लाख पचास हजार रुपैयाँको सामाग्री वितरण गरेको बैंकले यो वर्ष भने ९ बटा विभिन्न विद्यालयमा २ लाख २० हजार रुपैयाँको राहत वितरण गरेको हो ।