२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीलाई स्वागत गर्न मधेसी युवाहरु विहानैदेखि सडकमा (हेर्नुस् फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yemale ko Bhairawma Sakti pradasan (7)

काठमाडौं, १४ फागुन । संविधान निर्माणपछि पहिलोपटक भैरहवा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेसी युवाहरुले भव्य स्वागत गरेका छन् ।

यसअघि आन्दोलनमा ढुंगामुढा गर्न व्यक्त हुने युवाहरु शुक्रबार भने ओलीलाई स्वागत गर्न हातहातमा पुष्पगुच्छा र पम्पलेट विच्छ्याउँदै सडकमा कुरिरहेका थिए ।

नेकपा एमाले रुपन्देही जिल्ला कार्यसमितिले भैरहवामा आयोजना गरेको विशाल आमसभा तथा संविधान प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका हुन् ।

सभामा पहाड र मधेसबाट झण्डै डेढ लाख जनता सहभागी छन् । डेढ लाख जनताका अगाडि उभिएर ओलीले सम्बोधन गरेका छन् ।

यसैगरी प्रधानमन्त्री ओलीलाई पिपरहिया सेवा समाज रुपन्देहीले भैरहवामा पनि भव्य स्वागत गरेको छ ।

Yemale ko Bhairawma Sakti pradasan (3)

Youth (2)

Youth (6) Youth (1)