२४ कार्तिक २०८३, मंगलबार

काष्ठमण्डप एयरको विमान दुर्घटनामा दुबै पाइलटको मृत्यु, ९ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विमान उडाउने पाइलट
विमान उडाउने पाइलट

काठमाडौं, १४ फागुन । नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको दुर्घटनाग्रस्त विमान उडाउने दुबै पाइलटको मृत्यु भएको छ ।

दुर्घटनामा विमान उडाउने पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको मृत्यु भएको जुम्ला विमानस्थल प्रमुख भुपेन्द्र भट्टले जानकारी दिनुभयो ।

नेपालगन्जबाट जुम्लाका लागि उडको विमान कालिकोटको चिलयाखामा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा परेके हो ।

दुर्घटनामा परी घाइते यात्रुहरूलाइ हेलिकप्टरबाट ल्याउने तयारी भइरहेके स्थानीय प्रहरीले जनाएको छ । विमानमा ११ जना सवार थिए ।