मानिसले आफ्नो यौन चाहनामा संयमता अपनाउन नसक्दा कस्तो हर्कत व्यहोर्नु पर्छ भन्ने उदाहरण अमेरिकामा देखिएको छ ।
घटना अमेरिकाको फ्लोरिडा सहरको हो । यहाँको एउटा समुद्री किनारमा दिनदाहाडै सेक्स गरेका एक जोडी जेल पुगेका छन् ।
समुद्रतटमा रहेका अन्य मानिसको समेत वास्ता नगरी पटकपटक सेक्स गरेका २० वर्षीया एलिसा अलभारेज र ३९ बर्षीय होजे काबालेरो जेल पुगेका हुन् ।
समाचार एजेन्सी एएफपीका अनुसार करिब २५ मिनेटसम्म उनीहरू सहवासमा लिप्त भएका थिए । जसलाई एक बृद्धाले मोबाइल फोनको क्यामारामा कैद गरेका थिए । सेक्सपछि उनीहरू केहीबेर पौडी खेल्न गएका थिए । पौडी खेलेर फर्केर केही घण्टा सुतेका उनीहरूले ब्युँझेर फेरि त्यही हर्कत गर्न थालेपछि एक महिलाले प्रहरीलाई खबर गरेकी थिइन् ।
उनीहरूले छेउछाउमा भएका कसैको पनि ख्याल गरेनन । त्यहाँ ४ वर्षको बालिका पनि थिइन्’ एक प्रत्यक्षदर्शीले बताए । समाचारमा उल्लेख गरिए अनुसार अदालतले त्यस जोडीलाई सात दिन जेल बस्नु पर्ने सजाय सुनाएको छ ।
अमेरिकामा यौन खुल्ला भए पनि बालबालिका र बृद्ध उमेरका व्यक्तिका अगाडी यौन गतिविधि गर्न नपाउने प्रावधान छ भने सर्वाजानिकस्थलमा यौन कार्य गरेको कसैले सिकायत गरेमा कारबाहीको कानुनी ब्यवस्था छ ।















प्रतिक्रिया