काठमाडौं, १४ फागुन । म्याग्दीमा तारा एयरको विमान दुर्घटना भएको दुई दिन नबित्दै शुक्रबार कालिकोटमा अर्काे विमान दुर्घटनामा परेको छ ।
नेपालगञ्ज विमानस्थल स्रोतका अनुसार नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको नाइन एन ए जे बी विमान कालिकोटको चिलखायमा फोर्स ल्यान्डिङ गरेको हो ।
प्रारम्भिक विवरण अनुसार फोर्स ल्यान्डिङ गर्ने क्रममा पाइलट घाइते भएका छन् । उनको अवस्था गम्भीर छ ।
अन्य यात्रुहरुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन बाँकी रहेको बताए । नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा पाइलटसहित ११ जना सवार थिए ।
विमान १२:३० बजे नेपालगञ्जबाट उडेको थियो ।
गत मंगलबार पोखराबाट जाेमसोमका लागि उडेकाे तारा एयरकाे विमान दुर्घटना हुदाँ २३ जनाको मृत्यु भएको थियो ।












प्रतिक्रिया