३१ आश्विन २०८३, शनिबार

‘जोडियोस भत्किएका मनहरू’को प्रदर्शनी हाउसफुल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1म्यानह्याटन । अशेष मल्लद्वारा लिखित नाटक जोडियोस् भत्किएका मनहरु को पुनः प्रदर्शनी पनि हाउसफुल भएको छ । फेब्रुअरी २० तारिखका दिन पुनः मञ्चन भएको नाटकलाई पनि दर्शकहरुले स्वाद मानेर हेरेका थिए ।

म्यानह्याटनमा पुनः प्रदर्शनी भएको नाटक अवलोकन गर्न अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनबहादुर कार्की समय निकालेर पुग्नुभएको थियो । नाटक मञ्चन भएपश्चात नाटकप्रेमीहरुलाई सम्बोधन गर्दै कार्कीले नाटकले भूकम्पको पीडालाई सजीव रुपमा उतारेको भन्दै प्रशंसा गर्नुभयो ।

वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापाले निर्देशन गर्नुभएको नाटक जोडियोस् भत्किएका मनहरु नेपालमा आएको विनाशकारी भूकम्प पछिको कथा व्यथा पोखिएको छ ।

नाटकमा नदिया लिवाङ्ग, संगीता उप्रेती, सहदेव पौडेल, यादव गौतम, ज्योतिकुमार श्रेष्ठ, दीपिका श्रेष्ठ, अनुज थापा, विकास बिष्ट, कृष थापा, क्रिस्टल थापा, दिलाष्मा रजक र निर्देशक हरिबहादुर थापाले सुत्रधारको भूमिकामा अभिनय गरेका छन् ।