७ कार्तिक २०८३, शनिबार

वान टु वान होइन, अरू पनि थिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-modi-namestaकाठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको वान टु वान छलफल अर्थपूर्ण हुन नसकेको बताएका छन् भारत भ्रमणबारे सत्तारुढ दलका शीर्ष नेताहरूलाई बिहीबार बालुवाटारमा ब्रिफिङ गर्दै ओलीले त्यस्तो जानकारी गराएका हुन् ।

भारतले अघोषित नाकाबन्दीबाट पछि हटेर ठूलो महत्त्वका साथ स्वागत, सत्कार र सम्झौता गरे पनि एकल भेटवार्ता सोचेअनुरूप उपलब्धिमूलक हुन नसकेको प्रधानमन्त्रीको भनाइ रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

वान टु वान होइन, अरू पनि थिए

प्रधानमन्त्री ओलीले मोदीसँगको भेटवार्ता बाहिर वान टु वानको प्रचार भए पनि त्यस्तो नभएको बताए । ‘त्यहाँ भारतका तर्फबाट नोट गर्ने मान्छेदेखि सेक्युरिटीतर्फका मान्छे पनि थिए’, ओलीको ब्रिफिङ उदृत गर्दै एक शीर्ष नेताले भने, ‘त्यसैले दुई देशबीच सम्बन्ध प्रगाढ बनाउने गरी जुन रूपमा खुलेर कुरा हुनुपर्ने थियो, साँचो अर्थमा अर्थपूर्ण कुराकानी हुन पाएन।’

ओलीले मोदीसँग गत ८ गते हैदराबाद हाउसमा ३५ मिनेट छुट्टै कुराकानी गरेका थिए ।

दुई देशका प्रधानमन्त्रीबीच छुट्टै वार्ता सम्पन्न भएपछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

मोदीसँग अडान राखेँ, रिजर्भेसन किन ?

प्रधानमन्त्री ओलीले आफूले मोदीसँगको भेटमा प्रस्ट अडानसहित कुरा राखेको दाबी गरे ।

‘अडानका साथ आफ्ना कुरा राखियो, संविधानसभाको ९० प्रतिशत बहुमतले संविधान जारी गरेको हो, यसमा तपाईंहरूको रिजर्भेसन किन ?’ ओलीले मोदीसंगको संवाद बैठकमा सुनाए।

मोदीले ‘हाम्रो चाहना त केवल तपाईंहरू मिलेर जानुहोस् भन्ने मात्र रहेको’ जवाफ दिएको उनले बताए ।