७ कार्तिक २०८३, शनिबार

काम गर्न नसकेको आयोगका पदाधिकारीको नजर विदेशतिर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माधवी भट्ट पराजुली
माधवी भट्ट पराजुली

काठमाडौं, १४ फागुन । गठन भएको एक वर्षसम्म एउटा मुद्दा समेत अनुसन्धान गर्न नसकेको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीका बहुमत सदस्यले विदेश भ्रमणमा जाने निर्णय गरेका छन् ।

तर आयोग सदस्य माधवी भट्ट पराजुलीले भने यसमा आफ्नो असहमति दर्ज गरेकी छिन् ।

आयोग स्रोतका अनुसार आयोग सदस्य श्रीकृष्ण सुवेदी चिली र पेरुको भ्रमणमा जाने निर्णय बिहीवार सम्पन्न ४४ औँ बैठकेले गरेको नागरिक दैनिकले समाचार छापेको छ । उनको साथमा आयोगका सचिव र दुई अधिकृतसमेत रहनेछन् ।

चितवनको बाँदरमुढेमा भ्रमण गर्न जाने विषयमा विवाद भएपछि आयोग सदस्यहरुलाई विदेश भ्रमणको प्रस्ताव अघि सारिएको थियो ।

भट्टबाहेक अध्यक्ष र सदस्यहरुले यसमा सहमति जनाएपनि धेरैले आफ्नो नामपछि राख्ने गरी भ्रमणका निम्ति सरकारसँग बजेट माग्ने निर्णय गरेका हुन् ।

आयोग स्रोतका अनुसार कम्बोडिया र फिलिपिन्स जाने सुरुको प्रस्तावमा एमालेको तर्फबाट आयोग सदस्य रहेका लीला उदासी खनालको नाम रहेपनि उनले आफ्नो नाम नराख्न आग्रह गरेपछि प्रस्तावको भाषा फेरिएको थियो ।

निर्णयअनुसार सदस्य वा सचिवको नेतृत्वमा तीन अधिकृतले कम्बोडिया र फिलिपिन्सको भ्रमण गर्नेछन् ।