
काठमाडौं, १३ फागुन । राजधानीमा विहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीवार राति ९ बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । ३.५ रेक्टरको गतिमा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु कीर्तिपुर रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर नुवाकोट र आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको विवरण प्राप्त भएको छ ।
यसअघि बुधबार दिउँसो सिन्धुपाल्चोकलाइ केन्द्र बनाएर ठुलै धक्का गएको थियो ।












प्रतिक्रिया