३० आश्विन २०८३, शुक्रबार

भेडाबाख्रा झैं प्रहरी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police

बाजुरा, ८ साउन । जिल्ला प्रहरी कार्यालय बाजुराको भवन पुरानो र जीर्ण बन्दै गएपछि प्रहरी आफैँ असुरक्षाको महसुस गर्न थालेको छ ।

कार्यालयको भवन जीर्ण बनेर आधा दर्जन कोठा प्रयोगमा नल्याइएपछि अहिले प्रहरीलाई भेडाबाख्राझैं खाँदिएर बस्नुपर्ने बाध्यता रहेको छ ।

विसं २०३४ मा निर्मित उक्त भवन पुनः निर्माण हुन नसकी पुरानो भएपछि अहिले प्रहरीले जोखिमपूर्ण अवस्थामा बस्नु परेको प्रहरी निरीक्षक हिक्मतबहादुर बोहोराले बताउनुभयो । भवन नभएकै कारण प्रहरी जवानदेखि सबै प्रहरी एकै ठाउँमा खाँदिनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

कार्यालयका पाँचवटा कोठामा कोही नबसी खाली छोडिएको, भवन जीर्ण भएपछि कार्यालयको थुनुवा कक्ष, हतियार भण्डारण कक्षसमेत जोखिममा रहेको बोहोराले बताउनुभयो ।

प्रहरी कार्यालयमा काठहरु कुहिएका छन् भने माटो झरिरहन्छ, बाहिर हेर्दा भवन राम्रै देखिए पनि भित्रका कतिपय कोठा बस्न योग्य नहँुदा अहिले खाली रहेका छन् । पुनः निर्माणका लागि सम्बन्धित निकायमा आग्रह गरिएकै भए पनि अहिलेसम्म सुनुवाइ नहुँदा प्रहरीले जोखिमपूर्ण र समस्यायुक्त दिन बिताउनु परेको प्रहरीको गुनासो छ ।