७ कार्तिक २०८३, शनिबार

तिमिलाले रुँदै भनिन्- मेरो भाई नभेटेरै गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pilot-roshan-family-8-650x488
पाइलट रोशन मानन्धर

काठमाडौं, १३ फागुन । अस्ट्रेलियाबाट सात दिनअगाडी मात्रै स्वदेश फर्किएकी सिनियर पाइलट रोशन मानन्धरकी दिदी तिमिलाले भाइलाई भेट्न पाइनन् ।

तिमिला विदेशबाट फर्किएर माइतीघर पुगे पनि उडानमा व्यस्त रहेका भाइ रोशनलाई भेट्ने इच्छा भने इच्छामै सीमित रह्यो ।

‘अस्ट्रेलियाबाट फर्किएर माइत आएकी थिएँ तर भाइलाई भेटन् पाँइन । आज अकस्मात् यस्तो खबर सुन्नुपर्यो,’ तिमिलाले बुधबार अपराह्न आँसु पुछ्दै भनिन् ।

मंगलबार मात्रै परिवारबाट बिदा भएर पोखरा हिँडेका रोशनको बुधबार बिहान अचानक आफैँले उडाएको जहाज दुर्घटनामा परी निधन भएको छ । अन्नपूर्ण पोस्टमा समाचार छ ।