१ कार्तिक २०८३, आइतबार

‘दिपायल विमानस्थलका लागि सात करोड बजेट विनियोजन गराएँ’-सांसद आलेमगर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prem-Alemagar– झलक पाली
डोटी, १२ फागुन । यहि फाल्गुन २१ गतेबाट पुनः सञ्चालनमा आउन लागेको दिपायल विमानस्थलका लागि व्यक्तिगत प्रयासबाट सात करोड बजेट विनियोजन गराएको डोटी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने व्यवस्थापिका सांसद एवं एमाले नेता प्रेम आलेमगरले बताएका छन् ।

दैनिक नेपालसँगको विषेश कुराकानीमा सांसद आलेमगरले पहिलो प्रयासमा ढाई करोड र दोश्रो पटकको प्रयासमा साढे चार करोड गरि सात करोड रकम एकल प्रयासबाट विनियोजन गराएको उनको दावी छ ।

तत्कालिन पर्यटनमन्त्री कृपाशुर शेर्पाको पालामा ढाई करोड र वर्तमान पर्यटन मन्त्रालयका डि.जि. सञ्जिव गौतम, सचिव प्रेम राईसँगको विशेष समन्वयमा थप साढे चार करोड रकम विनियोजन गराउन सफल भएको सांसद आलेमगरले बताए ।

झण्डै एक दशक लामो समयदेखि बन्द विमानस्थल नियमित सञ्चालनमा ल्याएरै छोड्ने सांसद आलेमगरले बताए ।

हाललाई सामान्य मर्मतसम्भार एवं सरसफाई गराएर हप्तामा एक दिन विमान उडान भर्ने र आगामी तीन महिनाभित्र विमानस्थल पीच गर्ने काम शुरु हुने उनले बताए ।

देशकै सबैभन्दा कम, चार सय पचास मिटर लम्बाई भएको उक्त विमानस्थलको लम्बाई चार सय असी मिटर पु¥याएर पहिलो चरणको पीच गर्ने कार्य शुरु हुने उनले बताए ।

त्यसपछि पाँच सय साठी मिटर लम्बाईको विमानस्थल बनाउनका लागि पनि आफ्नो अथक पहल रहने उनले विश्वास दिलाए ।

आफु डोटीको निर्वाचन क्षेत्र नं. २ को नेता भएता पनि क्षेत्र नं. १ मा रहेको विमानस्थल सूचारु गर्न बजेट विनियोजन गराउनुका साथै सबै निकायसँग एकल पहल गरेको आलेमगरले दावी गरे ।

डोटी उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन २१ गतेबाट ३० गतेसम्म दिपायलमा हुने ‘सुदूरपश्चिम क्षेत्रीय महोत्सव २०७२’ को उद्घाटन गर्न उद्योगमन्त्री सोमप्रसाद पाण्डेसँगै आफु पनि तारा एअरलाइन्सको ट्विनेटर विमानमा दिपायल आउने गरि आफ्नो एकल पहल रहेको उनले बताए ।
वि.सं. २०२६ सालमा स्थापना भएको दिपायल विमानस्थल झण्डै एक दशकदेखि बन्द रहेको थियो ।

विमानस्थल सूचारु हुने भएपछि यस क्षेत्रमा आवातजावतमा सहजता आउनुका साथै पर्यटकीय सम्भावना पनि बढ्ने र आयआर्जनमा समेत बृद्धि हुने देखिन्छ ।