पथरी (मोरङ), १२ फागुन । झापा–११ विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
झापा ११ले सशस्त्र प्रहरी बल(एपिएफ)लाई २–० गोलले पराजित गरेको थियो । आज भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ का बुद्ध चेम्जोङ र खमिर गिल्सन कन्दङ्वाले एक एक गोल गर्दै झापालाई जिताएका हुन् । झापाका चेम्जोङले १५ आँै र खमिर गिल्सन कन्दङ्वाले ८९ मिनेटमा गोल गरेका थिए ।
खेलको ‘म्यान अफ द म्याच’ झापा ११ का कर्ण लिम्बू घोषित भए । बिहीबारको दोस्रो सेमिफाइनल मोरङ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । प्रतियोगिताका विजेताले रु पाँच लाख एक हजार तथा ट्रफी र उपविजेताले रु तीन लाख एक हजार तथा ट्रफी हात पार्नेछन् । रासस















प्रतिक्रिया