१५ कार्तिक २०८३, आइतबार

माइकिंग र पर्चा पम्पेलेट लिएर टोलटोलमा एमाले…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-bhairahawa (2)

भैरहवा, १२ फागुन । बुधवार विहानैदेखी नेपाल भारत सीमावर्ति क्षेत्र भैरहवामा एकाएक गुन्जिएको माइकको स्वर दिनभर नै जारी रहयो ।

माइकमा महिला र पुरुषको स्वरमा जनताको संविधान जनताको माझमा भन्दै आउनुहोस् आउनुहोस् भैरहवा स्थित रंगसालामा आउनुहोस् फागुन १४ गते भैरहवा आउनुहोस् भन्दै स्वर घन्किरहेका थिए । विच विचमा हिमाल पहाड तराई कोही छैन पराई…आयो सुर्य आयो चारै तिर लाल किरण छायो.. भन्ने गितहरु गुन्जीरहेका थिए ।

विहानैदेखी शुरु भएको माईकिंग साझ ६ बजे सम्म गुन्जायमान थियो । अनेरास्ववियु पुर्व केन्द्रिय कमिटी सदस्य उमा अधिकारी, युवा संघ केन्द्रिय सदस्य सरिता श्रीस, रुपन्देही काठमाण्डौं सम्पर्क समाज सचिव मनोज रिजाल, अखिलका नेताहरु चक्रबहादुर थापा, हिमाल बस्याल, नेपाल मुश्लिम इत्तिहाद संगठनका जिल्ला अध्यक्ष लालमोहमद पठान, एमाले नगर सचिवलाय सदस्य तथा युवा इन्चार्ज कुमार गुरुंगको टोली दिनभरी भैरहवा क्षेत्रमा वातवरणमैत्री रिक्सा मार्फत माईकिंग गरेको एमाले रुपन्देही क्षेत्र नम्बर २ जन परिचालन समिती संयोजक हरिप्रसाद अधिकारीले जनाए ।

एमाले रुपन्देहीका नेता कार्यकर्ताहरु बुधवार पनि जनताको घरघरमा पुगेका छन् । जिल्लाको क्षेत्र नम्बर ५ को मानमटेरियामा जिल्ला सचिव तुलसी प्रसाद चौधरीको नेतृत्वमा , सालझण्डीमा जिल्ला सचिवालय सदस्य मिनप्रसाद घिमिरे , विना रानाको नेतृत्वमा , गजेडीमा शिव पौडेल, धन कुवर, दिपक पुनको नेतृत्वमा घरदैलो सम्पन्न भएको छ । क्षेत्र नम्बर ३ मा तिनपा २,३,५,६ मा लक्ष्मण नेपाली, रामनाथ पाण्डे, नरबहादुर वि.क, चम्पादेवी पाण्डे, गोविन्द अर्याल, सौफर्साटिकरमा मणि खनाल, नवराज आचार्य, तिनपा ८मा पोषकान्त पाण्डे, खमबहादुर थापाले घरदैलोको नेतृत्व गरेका थिएका थिए ।

यसैगरी क्षेत्र नम्बर २ सिनपा ७ र ८मा जिल्ला सचिवालय सदस्य हितराज पन्थि, मैनिहियामा जिल्ला सदस्य अयोध्यया थारु, हाटीबनगाईमा जिल्ला सदस्य पम्फावति खनाल, तिनपा ८ र ९ मा जिल्ला सदस्य कृष्ण नेपाल, तिलोत्तमा साविक ५, ७ र ९ मा लेखनाथ पाण्डे, तिनपा २० मा जिल्ला सदस्य नारायणी घिमिरे, उमेश थापा र गिरी पुन लगायतको नेतृत्वमा घरदैलो सम्पन्न भएको पार्टिका जिल्ला उपसचिव राजेन्द्र प्रसाद पन्थिले जानकारी दिए ।

यसैगरी क्षेत्र नम्बर ४ को बुटवल उपमहानगरपालिका वडा नम्बर ४, ५, ७, ९ र १३ मा पनि घरदैलो सम्पन्न भएको छ । यता क्षेत्र नम्बर ६, ७ र १ मा पनि घर दैलो भएको पार्टि उपसचिव पन्थिले जानकारी दिए ।