२४ कार्तिक २०८३, मंगलबार

विमान दुर्घटनाको खबरले यसरी भावुक भइन् रामकुमारी, पाइलटलाई यो के भनिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramkumari-jhakriकाठमाडौं, १२ फागुन । बुधबार विहानै हराएको तारा एयरको विमान दुर्घटनाको खबर दिउँसो मात्रै आयो । दुर्घटनामा परी पाइलटसहित विमानमा सवार २३ जनाकै मृत्यु भयो ।

दुर्घटनाको कारण बाक्लो कुहिरोले विमान पहाडमा ठोक्किनु रहेको प्रारम्भिक विवरणमा ठानिएको छ । दुर्घटनाले सिंगो देश नै शोकमा डुबेको छ । दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

यसैक्रममा एमाले नेतृ रामकुमारी झाक्रीले पनि भावुक हुँदै घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । विमानमा यात्रा गर्दा निकै डराउने रामकुमारीले आफ्नो डरलाई दिनदिनै विमान उडाउने पाइलटसँग तुलना समेत गरेकी छिन् ।

यस्तो छ रामकुमारी झाझीको सन्देश

काम विशेषले जहाज चड्नैपर्छ । जीवन र मृत्युको ५०/५० प्रतिशत संभावना बोकेर उड्ने सबै उडानमा जव जहाजको पांग्राले भुई छोड्छन तब म आखाँ चिम्लेर सबैलाई विर्सने कोसिस गर्छु । हात गोडा सितांड हुन्छन । जिउ चिलाए जस्तो वान्ता आउला जस्तो हुन्छ ठाउको गह्रौ हुन्छ । जव ककपिटमा हामी जस्तै मान्छेले दैनिक दर्जन उडान भरेको यथार्थ संझने कोसिस गर्छु । आफ्नै आँखा अगाडि कपास र चक्लेट बाड्दै, फक्रदै गरेको गुलाव जस्ता सुन्दर सत्य देख्छु र समालिने कोसिस गर्छु । मेरो लागि प्रत्येक पटक गन्तब्यमा पुग्ने साधन हो जहाज तर जीवन होईन । जव की चालक दलका सदस्यका लागि जीवन पद्दती नै हो ।

जहाजको यात्रा मलाई एकदम डर लाग्छ । यस्ता घटना सुन्दा त झनै डर लाग्छ ।

आजै पोखराबाट मुस्तांडको लागि उडेको तारा एयरको बिमान दुर्घटना भएको समाचार सुनेर स्तब्ध भएँ । यस दुखद् घट्नामा परि जीवन गुमाउनु हुने यात्रुहरू र चालकदलका सदस्य प्रति हार्दिक श्रद्धान्जली र मृतकका आफन्त र परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछु ।