३० आश्विन २०८३, शुक्रबार

मोदी साउन १८ मा नेपाल आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi

काठमाडौं, ८ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउन तेस्रो साता नेपालको दुईदिने भ्रमण गर्ने भएका छन् ।

१७ वर्षयता भारतीय प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गरेका छैनन् । परराष्ट्र मन्त्रालय स्रोत अनुसार भारतले मोदीको नेपाल भ्रमणका लागि साउन १८ र १९ गते प्रस्ताव गरेको छ ।

नेपालका लागि भारतीय राजदूत रन्जित रेले बुधबार परराष्ट्र मन्त्रालय पुगेर भ्रमण मिति प्रस्ताव गरेको छ ।

परराष्ट्रमन्त्रीले बिहीबार प्रधानमन्त्री सुशील कोइरालालाई यसको जानकारी गराएपछि प्रस्तावित मिति स्वीकृत गरिनेछ, मन्त्रालय स्रोतले भन्यो, त्यसपछि भारतले प्रस्ताव गरेको मितिमा मोदको नेपाल भ्रमण हुने औपचारिक घोषणा हुनेछ ।

भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणका बेला राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने समकक्षी सुशील कोइरालासँग द्धिपक्षिय वार्ता गर्नेछन् । मोदीले साउन १९ गते सोमबार पशुपतिनाथ दर्शन गर्ने समाचार नागरिक दैनिकमा छ ।