२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओली दिल्लीमै छदा यसरी गरियो चीनसँग भिड्ने कुरा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Modi-12

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा दिल्लीमा चीनसँग भिड्ने कुरा उठेको छ ।

भ्रमणपछि सम्बन्ध सुधार भएको र नेपाल आफ्नो पक्षमा रहेको ठानी भारतीय मिडियाले चीनसँग लडाइँ लड्ने कुरा उठाएका हुन् । उनीहरुले ओलीको भारत भ्रमणले नेपाल भारततिर झुकेको संकेत गरेको भन्दै चीनसँग भिड्न नेपाललाई फकाउनुपर्नेमा समेत जोड दिएका छन् ।

नेपाल–भारत सम्बन्ध सुधारमा ओलीको भ्रमण निकै फलदायी भएको टिप्पणी गर्दै भारतीय मिडिया न्यूज फिलिक्सले लेखेको छ– नेपालमा ईन्धन आपूर्ति गर्ने देश अब भारतमात्र रहेन, चीनले पनि हात अघि बढाइसक्यो त्यसैले भारतले नेपालसँग सम्बन्ध राम्रो बनाउनुपर्छ ।

Indian-Media

नेपालसँग आर्थिक, ब्यापारिक, रोजगार, साथित्व लगायतको सम्बन्ध रहेको बताउँदै भारतले नेपाललाई फकाउन सके चीनलाई नेपालबाट टाढा राख्न सकिने टिप्पणी समेत गरिएको छ ।

समाचारमा यस्तो सुझाव दिएपनि भारतीय शासकले नेपालसँग अझैपनि सम्बन्ध सुधार्न नचाहेको र आफ्नो हुकुम लाद्न चाहेको ओलीको भ्रमणमा देखिएको छ । जसलाई ओलीले अस्वीर गरेका छन् ।