दाङ । गोल्डेन आइडल मल्टी मिडिया प्रा.(लि.) सिजन थ्री २०७२ मा दाङकी मिलन थापा टप टेनमा छनौट हुन सफल भएकी छिन् ।
४८ जिल्लाका झन्डै पाँच हजार सहभागीमध्ये मिलन टप टेनमा छनोट भएपछि दोश्रो अन्तिम राउन्डका लागि उनले शुभ चिन्तकहरूबाट भोटको अपेक्षा गरेकी हुन् ।
खुल्ला तथा एकल नृत्य प्रतियोगितामा यही फागुन २२ गते हुने टप फाइभका लागि मोबाइल एस.एम.एस.बाट भोट गर्न उनले सबैमा अनुरोध गरेकी छन् ।२२ गते दिउँसो १२ बजेसम्मका लागि भोटिङ खुल्ला गरिएको छ ।
भोटिङका लागि मिलनलाई मोबाइलको म्यासेज बक्समा गई ‘जीआई’ स्पेस ३६ टाइप गरी ५००५ मा सेन्ड गर्नुपर्छ ।















प्रतिक्रिया