१५ कार्तिक २०८३, आइतबार

काठमाडौं हिडेको बसले किच्दा चित्रबहादुरको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baglung

बागलुङ, १२ फागुन । बसले किच्दा बागलुङको हरिचौर–८ का चित्रबहादुर कँडेलको ज्यान गएको छ । काठमाडौँंदेखि बुर्तिवाङ हिंँडेको ना.४ख ८४३४ नम्बरको बसले बुधबार बिहान कँडेललाई किचेको हो ।

मादकपदार्थ सेवन गर्नुभएका कँडेल माथिबाट एक्कासि लड्दा बसको पछाडि परेको प्रहरीले जनाएको छ । बसको पछाडिको टायरले टाउकोमा किचेका कारण कँडेलको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।

बसका चालक हरिचौरका विष्णु पुनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । घटनास्थल हटिया गाविसस्थित मध्यपहाडी लोकमार्गमा पर्छ । रासस