३१ आश्विन २०८३, शनिबार

फेरि डन बन्दै शाहरुख खान, सुरु भयो ‘डन ३’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shrukh-Khan

मुम्बई । बलिउडका बादशाह शाहरुख खान डन बन्ने भएका छन् ।

‘डन’ फिल्मका निर्माता रितेश सिधवानीले बनाउन सुरु गरेको तेस्रो सिक्वेलमा शाहरुख नामुद डन बन्ने भएका हुन् । ‘डन ३’ नाम दिइएको यो फिल्मलाई पनि फरहान अख्तरले नै निर्देशन गर्नेछन् ।

फिल्म निर्माणको एक चरणको काम सुरु भइसकेको र अख्तरले नै अहिले फिल्मको कथामा काम गरिरहेको सिधवानीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २००६ मा बनेको ‘डन’ श्रृंखलाको पहिलो फिल्म ‘डन’ सन् १९७८ को अमिताभ बच्चन अभिनित डनमा आधारित हो । यसको सिक्वेल सन् २०११ मा रिलिज भएको थियो ।

यस श्रृंखलामा सुरुदेखि नै रितेश सिधवानी, फरहान अख्तर र शाहरुख खान निर्माता रहँदै आएका छन् ।