१५ कार्तिक २०८३, आइतबार

इटलीको पेस्तोलसहित भट्टराई काठमाडौंमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-Us

काठमाडौँ, १२ फागुन । काठमाडौँ महानगरपालिका–४ चण्डोल बस्ने प्रभाकर भट्टराईलाई प्रहरीले मेड इन इटली लेखिएको पेस्तोल १ थान र खुकुरी १ थान सहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडाँै र प्रहरी बृत्त कमलपोखरीबाट खटिएको संयुक्त टोलीले मंगलबार भट्टराईको घर तलासी गर्दा सुत्ने कोठामा कपडाले छोपी राखेको अवस्थामा उक्त पेस्तोल र खुकुरी बरामद भएको थियो ।

प्रहरीले भट्टराईका साथी आकाश जंग गुरुङलाई समेत पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।