२४ कार्तिक २०८३, मंगलबार

कमल थापालाई दिल्ली किन यति प्यारो ? चौथोपटक भारत जाने तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa

काठमाडौं, १२ फागुन । उपप्रधान तथा परराष्ट्रमन्त्री पद सम्हालेपछि राप्रपा नेपालमा अध्यक्ष कमल थापा तीन पटक भारत भ्रमणमा गइसकेका छन् ।

तेस्रोपटकको भ्रमणमा थापा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै साताव्यापीका क्रममा भारतमा छन् । आज राति भ्रमण सकेर स्वदेश फर्किदैछन् ।

आज फर्किन लागेका मन्त्री थापा फेरि चौथोपटक भारत भ्रमणमा दिल्ली जाने तयारीमा छन् । उनको भ्रमणको कार्यक्रम पनि तय भइसकेको छ ।

उनी यसअघि नाकाबन्दीका बेला बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार तथा नाकाबन्दी खोल्नका लागि पहल गर्न भनेर दुईपटक दिल्ली गएका थिए भने प्रधानमन्त्रीसँगको अहिलेको तेस्रो भ्रमण हो ।

आखिर कमल थापालाई भारत किन यति प्यारो ?

स्रोतलाई उद्धृत गर्दै दिल्लीमा रहेका पत्रकार रोशन खड्का भन्छन्- नेपाल हिन्दू राज्य हुनुपर्ने माग राख्दै आएको पार्टी राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापा मार्च दोस्रो साता दिल्ली आउन लागेका छन् । स्रोतका अनुसार आर्ट अफ लिविङका संस्थापक गुरु रविशंकरको निमन्त्रणामा उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापा दिल्ली आउन लागेका हुन् ।

आर्ट अफ लिविङ स्थापना भएको ३५ वर्ष पुगेको अवसरमा आयोजित ग्लोवल लिडरसिप कार्यक्रममा वक्ताका रुपमा थापा मार्च १२ मा दिल्ली पुग्ने कार्यक्रम छ । यसअघि उनै रविशंकरमार्फत थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए ।

प्रधानमन्त्रीको दिल्ली भ्रमणका क्रममा हिन्दू राज्य स्थापनाबारे मोदीले चासो राखेको भन्ने समाचार सार्वजनिक भइरहँदा थापाको दिल्ली भ्रमणलाई महत्वका साथ हेरिएको छ । आर्ट अफ लिविङको कार्यक्रम भातीय विदेशमन्त्रालयको सहकार्यमा हुन गइरहेको हो ।

स्रोतका अनुसार थापाले भारतीय प्रधानमन्त्री मोदी, भाजपा अध्यक्ष अमित शाह लगायतसँग भेट्ने कार्यक्रम तय भइसकेको छ । उक्त सम्मेलनमा श्रीलंका, पाकिस्तान, भुटान, स्लोभाकिया लगायत देशका पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपतिहरुले सम्बोधन गर्नेछन् ।