२४ कार्तिक २०८३, मंगलबार

मन्त्रीबाटै ग्यास उद्योगमा सिलबन्दी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gasधादिङ, १२ फागुन । आपूर्तिमन्त्री गणेशमान पुनले धादिङस्थित सिद्धार्थ ग्यास उद्योगमा सिलबन्दी गरेका छन् । कम्पनीले हाइड्रोलिक नगरी लेदो जमेको सिलिन्डर बजारमा पठाएको पाइएपछि मन्त्रीले नै उद्योगमा सिलबन्दी गरेका हुन् ।

पर्याप्त मात्रामा ग्यास आयात भइरहे पनि बजारमा अभाव कायमै रहेपछि उद्योगको छड्के अनुगमन गर्न टोलीसहित मन्त्री धादिङमा पुगेका हुन् । उद्योगबाट अनुगमन टोलीले ३ सयभन्दा बढी ग्यास सिलिन्डर जफत गरेको छ ।

अनुगमन टोलीले म्याद सकिएका सिलिन्डरलाई हाइड्रोलिक टेस्ट नगरी रंग लगाएर नयाँ जस्तो बनाइरहेको अवस्थामा फेला पारेको छ । म्याद सकिएका सिलिन्डर हाइड्रोलिक टेस्ट नगरी बजारमा पठाउँदा विस्फोट हुने सम्भावना रहन्छ ।

आपूर्ति मन्त्री पुनले थानकोटस्थित नेपाल आयल निगमको डिपो र ग्यास उद्योगहरुको पनि छड्के अनुगमन गरेका छन् ।