
काठमाडौं, १२ फागुन । पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरका बिमानलाई बरिष्ठ पाइलट रोशन धानन्धरले उडाएको खुलेको छ ।
उनलाई कोपाइलट विकेश एमफूल र एअर होस्टेस रमा रावलले साथ दिएका थिए ।
बिमानमा फेञ्जोक गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, रहरसिद अहमद, रेवती बराल र विनिता भट्टचन सवार रहेका छन् ।
बिमानमा बालकृष्ण निउरे, मुक्तिनाथ बास्तोला, कृष्णलाल भट्टचन, कान्छा परियार, डोल्पाछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, म्याक्सु वाइञ्जी, लेप्साङ लामा, देवीजंग गुरुङ, दिलकुमारी गौचन र मोतीबहादुर केसी सवार रहेको पोखरा बिमानस्थल स्रोतले जनाएको छ ।












प्रतिक्रिया