
पोखरा, १२ फागुन । पोखराबाट मुस्ताङका लागि उडान भरेको तारा एयरको बिमानको खोजी र उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भएका छन् ।
उद्धार र खोजीका लागि नेपाल सेनाले आफ्नो हेलिकप्टर सम्भावित क्षेत्रतर्फ पठाइसकेको जनाएको छ ।
यसैबीच, म्याग्दी जिल्लाको रुप्से भन्ने स्थानमा केही आगो लागेको देखिएको कास्की प्रहरीले जनाएको छ । ‘रुप्सेको छाँगामा केही वस्तुमा आगो लागेको देखिएको खबर आएको छ । तर के मा आगो लागेको हो खुल्न सकेको छैन । हराएको बिमान खोजीका लागि सुरक्षाकर्मी परिचालन भइसेको छन्’, कास्की प्रहरी उच्च स्रोतले भन्यो ।
तारा एयरको सो बिमान बिहान करिव सवा ८ बजे चालक दलसहित २१ यात्रु लिएर मुस्ताङका लागि उडेको थियो । बिमानका विषयमा पूर्ण जानकारी आइ सकेको छैन ।












प्रतिक्रिया