३० आश्विन २०८३, शुक्रबार

दाङ देउखुरी समाज कतारद्वारा मृगौला पीडितलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang Deukhuri Sita Adhikari– कुमार अविरल

कतार । दाङ देउखुरी सेवा समाज दोहा कतारद्वारा दाङको गोबरडिया २ बनघुस्री निवासी दुबै मृगौला खराब भएर मृत्युसँग लडिरहेकी ३२ वर्षीया सीता अधिकारीलाई आर्थिक सहयोग गरेको छ ।

समाजले अधिकारीलाई एक लाख सात हजार तीन सय पन्ध्र रुपियाँ आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोग रकम समाजका केन्द्रीय सल्लाहकार गोपाल पोख्रेलको संयोजकत्वमा सङ्कलन गरिएको थियो ।

दाङमा आयोजित एक कार्यक्रमका बीच दाङ देउखुरी सेवा समाज नेपालका अध्यक्ष नुमकान्त सुबेदीले अधिकारीलाई सो रकम हस्तान्तरण गर्नु भएको छ ।

कतारमा सक्रिय रहँदै आएको दाङ देउखुरी सेवा समाजको बिशेष पहल तथा केन्द्रीय सल्लाहकार गोपाल पोख्रेलको संयोजकत्वमा सहयोग रकम संकलन गरी नेपाल पठाइएको संस्थाका उपाध्यक्ष बसन्तराज पुरीले जानकारी दिनुभयो ।

आर्थिक रकम संकलन कार्यमा सहयोग गर्नुहुने कतारमा स्थापित बिभिन्न सामाजिक संघसंस्था समाजसेवी, बुद्धिजीवी, पत्रकार, व्यवसायी, दङ्गाली तथा गैर दङ्गाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ धन्यवाद ज्ञापन गर्दै समाजले आउँदा दिनहरूमा पनि यस्तै महान कार्य मानवीय सेवामा सहयोगको अपेक्षा राखेको समाजले उल्लेख गरेको छ ।