१ कार्तिक २०८३, शनिबार

दानबहादुरको भलिवल प्रेम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1622222_666974500028223_951968929_nवि.सं २०१४ मा लमजुङमा जन्मिएका दानबहादुर तामाङ सानैदेखि भलिवल भनेपछि हुरुक्कै हुन्थे । सानो छँदा उनले गाउँमा खुब भलिबल खेले । क्याप्पस पढ्दा पनि भलिवल मात्र खेलेका उनले २०२९/०३० मा विरेन्द्रशिल्ड (हालको राष्ट्रपति कप) मा खेल्ने मौका पाए ।

तामाङलाई भलिवलमै केही गरेर देखाउन मन थियो । २०५६ देखि ०६६ सम्म उनले आमाको नाममा सोममाया स्मृति कपको आयोजना गरे, चितवनमा । त्यही प्रतियोगिता गराएको आधारमा नेपाल भलिवल संघले उनलाई ०६४ मा उपाध्यक्षमा मनोनित गर्यो ।

०६८ मा संघको अध्यक्ष बनेका तामाङको कार्यकाल सकिन अब दुई महिना मात्र बाँकी छ । अध्यक्ष भएपछि उनले दक्षिण एसियन खेलकुदमा महिला भलिवल टोलीलाई स्वर्ण दिलाउने लक्ष्य लिएका थिए । तर, टोलीले भर्खरै बङ्गलादेशमा सम्पन्न १२ औँ सागमा कास्य पदक मात्र जित्न सक्यो । पुरुष टोलीले रजत जित्यो । तुलनात्मक रुपमा नेपाली पुरुष भलिवल टोली महिला टोलीभन्दा कमजोर छ । त्यसैले अब उक कार्यकाल अध्यक्ष हुने मौका पाए महिला र पुरुष दुबै टोलीलाई स्वर्ण दिलाउने उनको योजना छ ।

तामाङले हरेक वर्ष एउटा भलिवल कोर्ट बनाउने योजना राखेका छन् । ०६९ मा कीर्तिपुरमा उनले आफ्नै खर्चमा कोर्ट बनाए । त्यसमा ८ लाख रुपैयाँ खर्च भएको उनी बताउँछन् । ०७० मा आर्मीको सहयोगमा उनले पोखरामा कोर्ट निर्माण गरे । ०७१ मा इटहरीमा बन्यो । आउने वर्ष मध्यपश्चिममा बनाउने योजना रहेको तामाङ सुनाउँछन् ।

नेपालमा एकजना मात्र अन्तराष्ट्रिय भलिवल रेफ्री थिए । तामाङले एक महिला र एक पुरुष गरी थप दुई जनालाई रेफ्री ट्रेनिङमा पठाएका छन् । प्रशिक्षकको स्तरोन्नती गराउन ४ जनालाई लेभल १ बाट लेभल २ को कोर्ष गराउन सुरु गरेका छन् तामाङले । तामाङको अनुरोधमा एनभीए कप, राष्ट्रिय लिग, प्रधानमन्त्री कप, थाहा कप र नयाँबजार कप भलिवल प्रतियोगिता सञ्चालन भइरहेको छ ।

1186916_591241204268220_413870055_n‘भलिवल निदाएर बसेको थियो, जगाएँ मैले,’ तामाङ भन्छन्, ‘०७९ मा २३ ओटा राष्ट्रिय स्तरको प्रतियोगिता गराएवापत तत्कालिन प्रधानमन्त्री खिलराज रेग्मीले एक लाख रुपैयाँ पुरस्कार र सम्मानपत्र दिनुभएको थियो ।’ एक कार्यकाल फेरि अध्यक्ष बनेर भलिवलको विकास गर्ने तामाङको लक्ष्य छ । अध्यक्ष बनेपछि अन्तराष्ट्रिय रुपमा सम्बन्ध विस्तार गर्न सक्नुपर्ने उनको तर्क छ । नेपालका खेलाडी माटोमा उभिएर भलिवल खेल्छन्, विदेशकाले प्लास्टिकको म्याटमा । अध्यक्ष तामाङले ३५ लाख रुपैयाँ पर्ने म्याट मगाएका छन् फ्रान्सबाट । ‘अध्यक्ष बनेपछि सहयोग जुटाउन सक्नुपर्दोरहेछ,’ उनी भन्छन्, ‘फेरि अध्यक्ष भएँ भने त्यसपछिका लागि अर्को एकजनालाई तयार गर्छु ।’

साग सुरु हुनुअघि उनले डेढ महिनाका लागि विदेशी प्रशिक्षक ल्याएका थिए । १३ औँ सागमा मेडल जित्नका लागि विदेशबाट प्रशिक्षका ल्याएर अहिलेदेखि नै निरन्तर अभ्यास गर्नुपर्ने उनी बताउँछन् । सरकारले केही वर्षसम्म भलिवलमा ५० लाख रुपैयाँ लगानी गर्नुपर्ने उनको तर्क छ । ‘दूध खाने हो भने सुरुदेखि नै गाइलाई घाँस हाल्नुपर्छ,’ उनी भन्छन्, ‘घाँसै नहालेर दूध दिएन भनेर गाइलाई पिट्नु चाहिँ हुँदैन पछि ।’

झापाको बुधबारेमा आयोजित भलिवल प्रतियोगिता हेर्न आएका अध्यक्ष तामाङले पूर्वाञ्चलबाट पनि भलिवल खेलाडी उत्पादन हुने आशा लिएका छन् । ‘३०–४० को दशकमा भलिवल खेलाडी उत्पादन गर्ने क्षेत्र थियो यो,’ उनले भने ।
प्रस्तुतिः लक्ष्मी काफ्ले