१५ कार्तिक २०८३, आइतबार

बाबुरामको नयाँ शक्तिमा अर्का बाबुराम पनि देखिए !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattrai

काठमाडौँ, ११ फागुन । नयाँ शक्ति नेपालले पार्टीलाई सल्लाह दिन पाँच सदस्यीय सल्लाहकार परिषद्को गठन गरको छ ।

नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईको अध्यक्षतामा यही फागुन ६ गतेदेखि आजसम्म बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा डा योगी विकाशानन्द, रामचन्द्र भट्टराई, बाबुराम अर्याल र डा लक्ष्मीप्रसाद राई सदस्य रहनुभएको सल्लाहकर परिषद् गठन गरेको हो ।

बैठकले राजनीतिक विभागअन्तर्गत दस्तावेज तयार गर्न, विभिन्न राजनीतिक दल, दलसँग आबद्ध व्यक्ति तथा स्वतन्त्र व्यक्तिसँग संवाद गर्न कार्यदलसमेत गठन गरेको छ । बैठकले सबै विभागलाई पूर्णता दिनुका साथै सबै विभागको नीति तथा कार्ययोजनासमेत पारित गरेको छ ।

त्यस्तै बैठकले केन्द्रीय सचिवालयमा केही सदस्य थप गरेको सो पार्टीका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । रासस