१५ कार्तिक २०८३, आइतबार

नेपाललाई हिन्दू राष्ट्र बनाउन युवाहरुले भारतलाई गुहारे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bikash-Thakur (2)

काठमाडौं, ११ फागुन । नेपाललाई हिन्दू राष्ट्र कायम गर्नका लागि भारतको सहयोग माग्दै हिन्दूवादी युवा दिल्ली पुगेका छन् ।

हिन्दू धर्मको वकालत गर्दै आइरहेको हिन्दू युवा जनशक्ति संघ-नेपालका अध्यक्ष विकाश कुमार ठाकुरले शनिवारदेखि भारत भ्रमण थालेर हिन्दू राष्ट्रका लागि लबिङ सुरु गरेका छन् ।

Bikash-Thakur (1)

उनले राजनीतिक भेटघाटको शुरुवात गर्दै भारतीय सत्तारुद्ध पार्टी भाजपाका महासचिव राम माधव र पार्टीका बरिष्ठ नेता विजय जोलीलाई भेटेर नेपालको समसमायिक राजनीतिक स्थितिको बारेमा जानकारी गराउनुका साथै हिन्दू राष्ट्र कायम गर्न सहयोग मागेका थिए ।

नेपाललाई हिन्दू राष्ट्र कायम गराउन भारत सरकार र खासगरी भाजपाले निर्णायक भुमिका निर्वाह गर्न पनि भारतीय नेताहरुलाई हिन्दू युवा संघका अध्यक्ष ठाकुरले आग्रह गरेको प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए ।