
– अनिल खत्री
गुल्मी, ११ फागुन । गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ ।
घर पोत्नको लागी माटो खन्ने क्रममा ढिस्कोले पुरिएर रेसुङ्गा नगरपालिका ६ वालकाटे निवासी २४ वर्षिय सारदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिनुभयो ।
सोमबार दिउँसा घर नजिकै ठुलाचेक्मी भन्ने ठाउँमा घर पोत्ने माटो लिन गएकी सारदा अधिकारीको ढिस्कोले पुरिएको र उनलाई उपचारको लागी तम्घास अपस्ताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सारदाका श्रीमान घरमै रहेको र १ छोरा र १ छोरी बताईएको छ ।












प्रतिक्रिया