
– नरेश केसी
भैरहवा, फागुन ११ । भारत भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि यही फागुन १४ गते भैरहवामा एकैचोटी १२ सय गाडीहरु आउने भएका छन् ।
प्रधानमन्त्री ओली प्रमुख अतिथि रहने नेकपा एमाले लुम्बिनीद्वारा भैरहवामा आयोजना हुन लागेको विशाल आमसभामा सहभागी हुन लुम्बिनी अञ्चलका गुल्मीबाट ७५, अर्घाखाचीबाट ६५, परासीबाट १ सय ५५, कपिलवस्तुबाट १ सय ३०, पाल्पाबाट १ सय ५ र रुपन्देहीबाट ४ सय १० गाडीहरु भैरहवामा आउन थालेको एमाले रुपन्देही सचिवालय सदस्य तथा यातायात फाट प्रमुख कुमार थापा मगरले जनाए ।
थापा मगरका अनुसार साना ठुला गरी हरेक जिल्लामा सयौं गाडी परिचालन गरिएको र ती गाडी मार्फत एकै पटक डेढ लाख जनता भैरहवा उत्रीने छन् । उनले अगाडी भने १२ सय बसका अतिरीक्त अरु सयौं साना ठुला गाडी पनि परिचालित भएका छन् जस मार्फत जिल्ला जिल्लाका जनता भैरहवा आउन सहज हुनेछ ।

यसरी एकैपटक आउने सवारी साधनलाई व्यवस्थीत रुपमा पार्किंग गर्नको लागी विशाल सभाका यातयात उपसमिती संयोजक रहेका थापाले स्थानिय ट्राफिक प्रहरीसंग समन्वय र एमालेद्वारा परिचालित स्वयंसेवक दस्ताले उत्तरबाट आउने गाडीलाई बुद्धचौंकमा रोकी लुम्बिनी रोडमा पार्किंग गर्ने तयारी गरेको छ । यसैगरी पुर्वबाट आउने गाडीलाई अन्चल प्रहरी कार्यलयमा रोकी परासी रोडमा पार्किंग गरिनेछ , पश्चिमबाट आउनेलाई गल्लामण्डीको हनुमान मन्दिरमा रोकीनेछ भने दक्षिणबाट आउनेलाई डण्डा पुलमा रोकी ट्राफिक व्यवस्थापन गरिनेछ । विशाल सभालाई पार्टिका अध्यक्ष तथा सम्मानिय प्रधानमन्त्रि के.पी शर्मा ओली लगायत एमाले शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भैरहवामा युवा विद्यार्थीले मार्चपास गर्ने
प्रधानमन्त्री केपी शर्मा ओली सहितका एमालेका शिर्ष नेताहरुले भैरहवामा सम्बोधन गर्ने विशाल सभालाई सफल पार्न पुर्व सन्धयामा युवा विद्यार्थि, महिला र मजदुरले भैरहवा बुटवलमा मार्चपास गर्ने भएका छन् ।
विशाल सभाको स्वयंसेवक परिचालन उपसमिती संयोजक भुमिश्वर ढकालको अध्यक्षता तथा एमाले केन्द्रिय सदस्य लिला गिरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले १३ गते भैरहवामा युवा संघको नेतृत्वमा र सोही दिन नै अनेरास्ववियुको नेतृत्वमा बुटवलमा मार्चपास गर्ने निर्णय गरेको छ ।












प्रतिक्रिया