२४ कार्तिक २०८३, मंगलबार

नविनालाई टीका र फूलको गुच्छासहित दीपकको बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabina-Deepakकाठमाडौं, ११ फागुन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी नवनिर्वाचित अध्यक्ष नविना लामालाई उनका प्रतिद्वन्दी दीपक गौतमले टीका लगाएर अंकमाल गर्दै बधाई दिएका छन् ।

काठमाडौंमा आज गरिएको नयाँ नेतृत्व घोषणा कार्यक्रममा गौतमले टीका लगाएर फूलको गुच्छा दिँदै कार्यकालको सफलताको कामनासहित लामालाई बधाई दिएका हुन् ।

लामाले प्रतिद्वन्दी गौतमलाई २ सय १६ मत अन्तरले पराजित गर्दै विजयी भएकी थिइन् ।